अगामी एक वर्षभित्र पाँच नयाँ मोटरसाइकल सार्वजनिक गर्ने घोषणा गरेको केटीएमले प्यारालल ट्वीन सिलिन्डर इन्जिन जडित नयाँ मोडल ल्याउने भएको हो । ८९० सिरिजको यो मोटरसाइकल इकमा मोटरसाइकल शो २०१९मा प्रदर्शन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले केही समय अगाडिमात्रै ७९९ सीसी प्यारालल इन्जिनयुक्त ड्युक ७९० सार्वजनिक गरेको थियो । यो इन्जिनले १०५ हर्ष पावरका साथै ८७ एनएम टर्क उत्पादन गर्छ ।
ड्युक ७९०मा उपलब्ध थुप्रै विशेषता समेटिएको ड्युक ८९०मा आकर्षक पावर ट्रेन, नन् एड्जस्टेवल फ्रन्ट फर्क, प्रिलोड एड्जस्टेवल रियर मनोशक दिइएको छ । फ्रन्टमा एड्जस्टेवल फर्क तथा ब्रेम्वो ब्रेक लगाइएको छ ।
नयाँ डिजाइनमा आधारित यो मोटरसाइकलमा फुल एलइडी लाइट, फुल कलर टिएफटी डिस्प्ले, अप्सनल केटीएम माइराइट फङ्सन, एबीएस, ट्राक्सन कन्ट्रोल, मोटर स्लिप रेगुलेसन, ह्वील कन्ट्रोल र लन्च कन्ट्रोल लगायतका विशेषता समेटिने जनाइएको छ । यो मोटरसाइकल एड्भेन्चर रेन्जमा आउने कम्पनीले जनाएको छ ।
यसमा १७ इन्चको अलोय ह्वील लगाउनुका साथै कन्भेक्सनल वायर स्पोक, क्रश स्पोक, विन्डब्ल्यास्ट प्रोटेक्शन, स्याडल ब्याग स्टेज, टप बक्स माउन्टको विशेषता समेटिने कम्पनीले जनाएको छ ।

