काठमाडौं । केटीएमले भारतमा ३९० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो चर्चित एड्भेन्चर मोडल केटीएम अन्तर्गत ३९० एड्भेन्चर एक्सको २०२५ नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।
कम्पनीले भारतीय बजारमा नयाँ ३९० एड्भेन्चर एक्स भेरियन्टको मूल्य ३ लाख ३ हजार १४० भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेको छ ।
पुरानो मोडलको तुलनामा अझै धेरै फिचरहरू थपिएर बजारमा आएको नयाँ केटीएम ३९० एड्भेन्चर एक्समा केटीएमको सिग्नेचर यू आकारको एलईडी डीआरएल, अग्लो विन्डसिल्ड र अगाडि बढेको फेन्डर सहितको डुअल प्रोजेक्टर एलईडी हेडल्याम्प दिएको छ ।
पूरा र्याली इन्स्पायर बेस्ड बडीवर्कमा उपलब्ध रहेको केटीएम ३९० एड्भेन्चर एक्सको नयाँ भेरियन्टमा १४ लिटरको इन्धन ट्याकं, फ्ल्याट सिट, नकल गार्ड, इन्जिन ब्यास प्लेट, अन्डरबेली एग्जस्ट, हाई ग्राउण्ड क्लियरेन्स, डब्लूपी एपेक्स यूएसडी फ्रन्ट फोर्क र रियरमा १० स्टेपको प्रिलोड एड्जस्टेवल मोनोसक सस्पेन्सन सेटअपका साथै, ट्युबलेस अलोय ह्वील दिइएको छ ।
पूरा नयाँ एड्भेन्चर प्लेटफर्ममा निर्माण भएको ३९० एड्भेन्चर मोटरसाइकलमा ३९९ सीसी, सिंगल सिलिण्डर, लिक्वड कुल्ड, फोर स्ट्रोक, डीओएचसी, ईएफआई इन्जिन दिइएको छ ।
यस इन्जिनले अधिकतम ४५ पीएस पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।
यस मोटरसाइकलमा ब्लुटूथ कनेक्टिभिटी सहितको टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, नेभिगेसन, पूरा एलईडी लाइट, स्ट्रिट, रेन र अफरोड गरी तीन राइड मोड, क्रुज कन्ट्रोल, कर्नरिङ ट्रयाक्सन कन्ट्रोल, स्पीड कन्ट्रोल र डबल डिस्क ब्रेक जस्ता अत्याधुनिक फिचरहरू समावेस छन् ।

