केटीएम २५० मा व्यापक छुट, यस्तो छ नयाँ अफर मूल्य

काठमाडौं । अस्ट्रीयन मोटरसाइकल कम्पनी केटीएमको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले लकडाउनको मोडालिटी परिर्वतन भएसँगै नयाँ अफर सार्वजनिक गरेको हो

कम्पनीले केटीएम २५० मोटरसाइकलमा नगद ४० हजार रुपैयाँ छुटको बम्पर योजना सार्वजनिक गरेको हो । यस योजनमा केटीएमको ड्यूक २५० मोटरसाइकल खरिदगर्दा ग्राहकले ४० हजार रुपैयाँ नगद छुट प्राप्त गर्ने छन् । यसका साथै फाइनान्सको सुविधासमेत उपलब्ध रहेको छ । ग्राहकले केही प्रतिशत डाउन पेमेन्ट गरेरसमेत केटीएम ड्यूक २५० मोटरसाइकल किन्न सक्ने छन् ।

कम्पनीको यो अफर पश्चात केटीएम ड्यूक २५० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ पर्नेछ । यो योजना केटीएमको नेपालभर रहेको आधिकारी शोरुमबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


Back_to_top