कुलेखानी-हुमाने सडक १८ दिन बन्द हुने, यी वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । कुलेखानी-कलंकी-हुमाने सडकखण्ड १८ दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त सडक जेठ २ गतेदेखि २० गतेसम्म बन्द हुने जानकारी गराएको हो ।

सडक कालोपत्र गर्नका लागि सवारी साधनहरू पूर्णरुपमा बन्द गर्न लागिएकाले जिल्ला प्रशासनले जनाएको छ ।

उक्त अवधिमा हेटौंडा-काठमाडौं वा काठमाडौं-हेटौंडा यात्रा गर्नेहरूलाई अन्य वैकल्पिक मार्गहरू कान्ति लोकपथ वा कुलेखानी-सिस्नेरी-फर्पिङ सडक प्रयोग गर्न आग्रह गरिएको छ ।


Back_to_top