काठमाडौं । साउदी अरबका महिलाले सवारी साधन चलाउन पाउने भएका छन् । साउदी सरकारले महिलालाई ड्राइभिङ लाइसेन्स प्रदानगर्दै आगामी जुन २४ बाट सवारी सधान चलाउन दिने निर्णय गरेको हो ।
सरकारले साउदीको लाइसेन्सलाई अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्समा परिणत गर्दै यस्तो निर्णय गरेको छ ।
साउदी अरब महिलालाई सवारी साधन चलाउन रोक लगाउने एक मात्र राष्ट्र थियो । क्राउन प्रिन्स मुहम्मद बिन सलमानले आधुनिक राष्ट्र निर्माणको लागि यस्तो अभियान ल्याइएको बताएका छन् ।
ग्लोबल टुरमा सहभागी भएका प्रिन्स सलमानले महिलामाथि लगाइएको यस्तो प्रतिबन्ध हटाएका हुन् । साउदी सरकारको उदारवादी कार्यप्रति विरोध गर्ने १७ नागरिकलाई पक्राउ गरिसकेको छ ।
महिला अधिकारवादीहरूले सन् १९९० देखि नै महिलालाई यो अधिकार दिनुपर्ने माग गर्दै आएका थिए । साउदी अरबको यो कदमको विश्वका महिला अधिकारवादीहरूले प्रशंसा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई महिला अधिकारको प्रवद्र्धनका लागि सकारात्मक कदम भएको बताएका थिए ।