स्मार्ट इलेक्ट्रीक स्कुटर एस ३४० सार्वजनिक, यस्तो छ मूल्य, टप स्पिड ७२ किलोमिटर

काठमाडौं । भारतकोे स्टार्टअप अथर एनर्जी कम्पनीले पहिलो स्मार्ट इलेक्ट्रिक स्कुटर अथर एस ३४० सार्वजनिक गरेको छ । 

कम्पनीले अथर एस ३४० सार्वजनिक गर्दै इलेक्ट्रिक मोडलको नयाँ भर्जन ४५० ल्याउँने घोषणासमेत गरेको छ । कम्पनीले टुह्वीलर्स स्कुटर एस ३४० ले इलेक्ट्रीक साधन प्रतिको आकर्षण बढाउने दाबी गरेको छ । 

यो स्कुटरका मुल्य १ लाख ९ हजार ७ सय ५० भारु रहेको छ भने ४५० मोडलको मुल्य १ लाख २४ हजार ७५० रुपैयाँ रहने छ । एस ३४० लाई एक पटक फुल चार्ज गरेपछि 

६० किलोमिटर सम्म चलाउँन सकिने छ । साथै , यसको टपस्पिड ७२ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । 

स्कुटरमा १.९२ केडब्ल्युएच लीथिएम अयान ब्याट्रीको साथै इलेक्ट्रिक मोटर दिइएको छ । यसले २० न्युटन मिटर टर्क उत्पादन गर्छ । स्मार्ट  कनेक्टेड एथर ३४० इलेक्ट्रिक स्कुटरमा रिमोट डायग्नोस्टिक्स, सेटेलाइट नेभिगेशन र टप स्पेशिफिकेशन अन्तर्गत फ्रन्ट बाइबायर र रियरमा डिस्क ब्रेक दिइएको छ ।

यो स्कुटर अनलाइनबाट मात्रै किन्न पाइने छ ।  


Back_to_top