क्लासिक स्कुटर निर्माता लम्ब्रेटाले ल्याउने भयो इलेक्ट्रीक स्कुटर

काठमाडौं । इटलियन क्लासिक स्कुटर निर्माता कम्पनी लम्ब्रेटाले नयाँ इलेक्ट्रीक स्कुटर ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले यही बर्षको अन्त्यसम्ममा आफ्नो बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको हो । 

गत बर्ष स्थापनाको ७० बर्ष पुरा गरेको अबशरमा कम्पनीले भी स्पेशल मोडल सार्वजनिक गरेको थियो भने, चाँडै इलेक्ट्रीक ल्याउने तयारी भइरहेको जनाएको थियो । 

कम्पनीले अष्ट्रेलियन बजारबाट यस बर्ष ३ नयाँ मोडल लञ्चगर्ने तयारी गरेको जनाएको छ । कम्पनीले लञ्चगर्न लागेको मोडलमा V50, V125 and V200 रहेका छन् । साथै कम्पनीले ४०० सीसी क्षमताको भी ४०० लाई २०१९को बीचसम्ममा बजारमा ल्याउने तयारी गरेको छ । 

यो लम्ब्रेटाको भी सिरिजको डिजाइन प्रख्यात अष्ट्रेलियन कम्पनी ‘किस्का’ मा गरिएको हो, जसले केटिएम लगायतका थुप्रै कम्पनीको बाइकको डिजाइन गर्ने काम गर्छ ।

‘किस्का’ले लम्ब्रेटाको क्लासिकनेसलाई कायम राख्दै पुरै स्टिल बडी दिएको छ भने, युनिक नेसलाई कायम राखेको छ । यसमा प्रयोग गरिएको एलइडी लाइट, कलर भेरिएन्ट र स्टिल नै यसको मूख्य आर्कषण हो । 

कम्पनीले ल्याउन लागेको ४ वटै भि सिरिजलाई इलेक्ट्रिक भर्सनमा समेत ल्याउने भएको हो । साथै, कम्पनीले आइकोनिक जिपी र एसएक्स क्लासिक पनि ल्याउने तयारी गरिरहेको छ । 

इटलीको प्रसिद्ध ब्राण्ड लम्ब्रेटाले निकै सस्तो र आर्कषक स्कुटरहरु उत्पादन गर्दै आएको छ । उक्त कम्पनीले भारतीय बजारमा सन् १९७० देखि आफ्ना उत्पादन बेच्दै आइरहेको छ । कम्पनीले १९८० देखि भने भारतमा नै स्कुटर उत्पादन गर्दै आइरहेको छ ।  


Back_to_top