अपडेट भयो टी-०३, दुई साता भित्रै नेपालमा बिक्री सुरु हुने

काठमाडौं । दुई साता भित्रै नेपालमा बिक्री सुरु हुन लागेको टी-०३ अपडेट भएर आउने भएको छ । नेपालसहित विश्वका २० भन्दा धेरै देशमा उपलब्ध हुने टी-०३ सानो कारमा ठूलो ब्याट्रीको कारण चर्चामा रहेको मोडल हो ।

लीपमोटरको टी-०३ मा ३७ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । त्यहि कारण यसको रेन्ज करिब २७० किलोमिटर सम्म पाउन सकिन्छ ।

चिनियाँ बजारमा सन् २०२० मा बिक्री सुरु भएदेखि २ लाख युनिट बिक्री पुरा भइसकेको टी-०३ नेपाली बजारमा ३० लाखभन्दा कम मूल्यमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

अपडेट भएर आएको टी-०३ मा ‘आईफ्लाई टेक ३.० भोइस इन्टरएक्सन सिस्टम’ थपिएको छ । नयाँ भोइस एसिस्टेन्सको सहयोगले फोनकल, नेभिगेसन, मिडिया र अन्य केही फिचर ह्याड्स फ्रीमै कन्ट्रोल गर्न सकिन्छ ।

क्लासिक डिजाइनमा उपलब्ध टी-०३ लीपमोटरको ‘प्रोपाइटरी इलेक्ट्री फिकेसन च्यासिस टेक्नोलोजी’मा आधारित छ । यसमा ९३ प्रतिशत हाइ इफिसीयन्सी रहेको मोटर रहेको कम्पनीको दावी छ ।

नयाँ टी०३ मा एयर कण्डिसनीङ कन्ट्रोल गर्ने, ब्याट्री प्रि-हिटिङ तथा भेहिकल स्टाटस हेर्न सकिने नयाँ मोवाइल एप समेत आएको छ । नेपाल आउने भर्सनमा उक्त सुविधा उपलब्ध हुन्छ वा हुन्न अहिल्यै एकिन गर्न सकिदैन ।

‘फोर इन वान इन्ट्रीग्रेटेड इलेक्ट्रीक कन्ट्रोल सिस्टम’ रहेको टी-०३ मा कम भेहिकल तौलमा नै इन्टेरियर स्पेश बढि पाउन सकिन्छ । लीपमोटरले यसलाई इको, स्ट्याण्डर्ड र स्पोट्स गरी तीन ड्राइभिङ मोड दिएर तयार पारेको छ ।


Back_to_top