काठमाडौं । टीभीएसको नयाँ जुपीटर स्कुटर नेपाल आउने भएको छ । आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले नयाँ जुपीटर स्कुटरको काठमाडौंमा परीक्षण सुरू गरेसँगै चाँडै नेपाल आउने भएको हो ।
कम्पनीले केही समयअघि पुरानो मोडल जुपीटर ११० को बिक्री बन्द गरेको थियो । अब कम्पनीले ११३ सीसी इन्जिनका साथ नयाँ डिजाइनमा तयार भएको जुपीटर बिक्री सुरू गर्ने भएको हो ।
देशको विभिन्न भागका जुपिटरको परीक्षण भइरहेको कम्पनी स्रोतले बताएको छ । केही समय परीक्षण पश्चात् नयाँ स्कुटरको बिक्री सुरू हुनेछ । कम्पनीले एनटर्कको बेस भेरियन्टभन्दा केही कम मूल्य राखेर यसको बिक्री थाल्ने अनुमान गरिएको छ । एनटर्कको बेस भेरियन्टको मूल्य २ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ ।
नयाँ जुपीटर पुरानो मोडलभन्दा निकै आकर्षक डिजाइनमा तयार भएको स्कुटर हो । निकै सिल्क डिजाइनमा रहेको जुपीटरको फ्रन्ट कनेक्टेड एलइडी डिआरएलका साथै, रियरमा टर्न इन्डिकेटरमा कनेन्टेड ब्रेक लाइट दिइएको छ ।
टीभीएसले यसमा पहिलो पटक ‘फलो मी’ एलइडी डिस्प्ले दिएको छ । जुन स्कुटर बन्द भएको केही सेकेन्डसम्म बलेर आफै बन्द हुन्छ ।
जुपीटरमा कनेक्टेड फिचर सहितको फुल्ली डिजिटर इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध रहेको छ । यसमा भोइस असिस्ट फिचर समेत पाउन सकिन्छ । कम्पनीले यसको इन्धन भर्नका लागि फ्रन्टमा फ्यूल क्याप दिएको छ । यसमा दुईवटा हाफ हेलमेट राख्न सकिने बुट स्पेस दिएको छ ।
नयाँ जुपीटरमा ११३ सीसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक, टू भल्भ इन्जिन उपलब्ध छ । यो इन्जिनले ६ हजार ५०० आरपीएममा ८ हर्ष पावर र ५ हजार आरपीएममा अधिकतम ९.२ एनएम टर्क जेनेरेट गर्छ ।

