अब काठमाडौं आउन चाहनेले आफ्नै खर्चमा कोरोना टेष्ट गर्नु पर्ने

काडमाडौं । गृह मन्त्रालयले काठमाडौं आउनेको संख्यामा वृद्धि भएसँगै यसलाई थप कडा गर्ने निर्णय गरेको छ । उपत्यका भित्र रहेका सबै स्थानिय तहसँगको छलफलपछि गृहले यदि कोही उपत्यका प्रबेश गर्न चाहेमा आफ्नै खर्चले आरडीटी परिक्षण गरेर प्रमाण पत्र देखाउनु पर्ने नयाँ नियम बनाएको छ ।

गृह मन्त्रालयले बुधबार अबेर राति गरेको निर्णय अनुसार उपत्यका छिर्ने विभिन्न नाकाबाट लुकिछिपि प्रबेश गर्नेको संख्या दिन दिनै बढ्न थालेपछि सबैतिरका नाकामा कडाई गर्ने भएको हो ।

उपत्यका भित्रका सबै स्थानिय तहले यहाँको जनघनत्वलाई मध्यनजर गर्दै थप सजगता अपनाउनु पर्ने भएकाले आवत जावतमा कडाई गरेको हो ।

अब काठमाडौं आउन लागेका सवारीसाधनलाई प्रस्थान जिल्लामा नै रोकी चेकजाँच गर्ने र उपत्यकाका नाकामा पनि थप कडाई गर्ने निर्णय गरेको हो ।


Back_to_top