केही महिना भित्रै भारतमा बनेको ईभी लन्च गर्दै टोयोटा

काठमाडौं । अबको केही महिना भित्रै भारतमा टोयोटाले विद्युतीय कार बनाउने भएको छ । कम्पनीले भारतमा उत्पादन गर्ने पहिलो ईभी एसयूभी हुने भएको हो ।

सुजुकी र टोयोटाले संयुक्त रुपमा विकास गरेको इलेक्ट्रीक एसयूभी ‘ईभीएक्स’ दुबै ब्राण्डमा आउने भएको हो । टोयोटा र सुजुकी बीच चलिरहेको ग्लोबल एलायन्स अन्तर्गत ‘ईभीएक्स’ प्रोजेक्ट चलिरहेको छ । त्यसैले नयाँ ईभी दुबै ब्राण्ड नेममा आउने छ ।

टोयोटाका अनुसार नयाँ इलेक्ट्रीक एसयूभी सुजुकी मोटरको गुजरात प्लान्टमा सन् २०२५ को पहिलो क्वाटरबाट उत्पादन सुरु हुनेछ । उक्त नयाँ एसयूभी ‘२७ पीएल इलेक्ट्रीक आर्किटेक्चर’मा बन्नेछ । उक्त आर्किटेक्चर सुजुकी, टोयोटा र दायहात्सुले संयुक्त रुपमा विकास गरेका हुन् ।

टोयोटाले आफ्नो नयाँ एसयूभीको टेक्नीकल डिटेल्सहरु बाहिर ल्याएको छैन । अर्वान एसयूभी कन्सेप्टको लम्बाई ४३०० एमएम, चौडाई १८२० एमएम र उचाई १६२० एमएम हुनेछ । लम्बाई सुजुकीको ईभीएक्स जस्तै भएपनि उचाई र चौडाईमा भने टोयोटाको एसयूभी २० एमएम सानो हुनेछ । यसको ह्वीलवेस २७०० एमएम हुनेछ ।

सुजुकी र टोयोटाको ईभीको प्लेटफर्ममा समान भएपनि यसको एक्टेरियर बडी प्यानल र इन्टेरियर फिचरमा भने धेरै फरक हुने बताइएको छ । टोयोटाको भारतमा बन्ने ईभी कम्पनीको इन्टरनेशनल मोडल बीजेड सिरिज मै आधारित हुनेछ ।

टोयोटाले यसमा एजी सर्फेस तथा सीसेपको एलइडी लाइटीङ एलिमेन्ट दिनेछ । टोयोटाको भारतमा बन्ने अर्बान एसयूभी कन्सेप्टको लन्च सुजुकी ईभीएक्सको लन्च लगत्तै हुने अनुमान गरिएको छ ।


Back_to_top