डिजेल एसयूभीको भरमा महिन्द्रा, ईभीमा रफ्तार बढाउँदै

काठमाडौं । भारतीय बजारमा महिन्द्रा एण्ड महिन्द्राको बिक्री सन् २०२४ को तुलनामा २०२५ मा २० प्रतिशत बढेको छ । कम्पनीले गाडी बिक्रीमा ठूलो छलाङ लगाए पनि डिजेल इन्जिनकै भरमा बिक्री बढाएको हो ।

महिन्द्रासँग स्कर्पियो, बोलेरो, एक्सयूभी ७००, थार, एक्सयूभी थ्रीएक्सओ जस्ता मोडल छन् । केही महिना अगाडि महिन्द्राले मोर्डन डिजाइन र फिचर भएको बीई-सिक्स र एक्सईभी-नाइन ई जस्ता विद्युतीय एसयूभी मोडल छन् ।

पेट्रोल, डिजेल र इलेक्ट्रीक ३ थरिको इन्जिनका एसयूभी बिक्री गर्दै आएको महिन्द्राको ठूलो हिस्सा भने डिजेल इन्जिन भएका गाडीको छ । महिन्द्राले भारतीय आर्थिक वर्ष २०२४/२५ मा ४ लाख २५ हजार ३२९ युनिट डिजेल इन्जिन भएका एसयूभी बिक्री गरेको थियो ।

कम्पनीले एक आर्थिक वर्षका ५ लाख ५१ हजार ४८७ को युनिट गाडी बिक्री गर्दा ७७.१२ प्रतिशत डिजेल इन्जिन भएका एसयूभी बिक्री गरेको हो । महिन्द्राको बिक्रीमा पेट्रोल इन्जिनको हिस्सा २०.५४ प्रतिशत र इलेक्ट्रीकको हिस्सा २.३४ प्रतिशत छ ।

महिन्द्राले आफ्नो सबै मोडलका एसयूभीहरु डिजेल र पेट्रोल इन्जिन अप्सन दिएको छ । महिन्द्राले सन् २०२५ मा ४ हजार ८६० युनिट एक्सयूभी ४०० बिक्री गरेको थियो भने बीई-सिक्स र एक्सईभी नाइन-ईको बिक्री ८ हजार माथि पुगेको छ ।


Back_to_top