यस्तो देखियो ५७ लाख पर्ने ‘बीई सिक्स’ (फोटोफिचर)

काठमाडौं । चिनियाँ ब्राण्डका ईभीको वर्चश्व रहेको नेपाली बजारमा पछिल्लो समय भारतीय ब्राण्डका ईभीको उपस्थिति बाक्लिँदै गएको छ ।

नेपालमा भारतीय ब्राण्ड महिन्द्रा र टाटाका एकपछि अर्को नयाँ ईभीका मोडल थपिएसँगै चर्को प्रतिस्पर्धा हुन् थालेको हो । अहिले नेपालमा टाटाका ५ मोडल र महिन्द्राले ३ मोडलका ईभी खरिद गर्न पाइन्छ ।

महिन्द्राले यसै वर्ष मात्र नेपाल भित्र्याएको बीई सिक्स ईभी बजारमा एउटा नयाँ विकल्प बनिरहेको छ । महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेट प्रालिले बीई सिक्स गत साउनदेखि बिक्री सुरू गरेको हो ।

कम्पनीले बीई सिक्स तीन भेरियन्टमा उपलब्ध गराएको छ । जसमा बीई सिक्सको प्याक वानको मूल्य ५७ लाख रुपैयाँमै किन्न पाइन्छ । त्यस्तै, प्याक टुको मूल्य ६१ लाख र प्याक थ्री भेरियन्टको मूल्य ६८ लाख रुपैयाँ तोकेको छ ।

निकै सार्प लुक्समा देखिएको बीई सिक्समा महिन्द्राले ५९ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री दिएको छ । यसले १७५ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।

बीई सिक्समा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । जसले ३८० न्युटन मिटर टर्क प्रदान गर्छ । यो एसयूभीले एकपटको फुलचार्जमा ५५० किमी रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

महिन्द्राले प्योर ईभी प्लेटफर्ममा ल्याएको बीई सिक्समा फ्लस डोर ह्याण्डल, बडीमा प्रसस्तै एजहरूको प्रयोग र एलईडी लाइटको व्यापक प्रयोग गरिएकाले डिजाइन अनुसार फ्युचरस्टिक लाग्छ ।

साइजमा चल्तीका कम्प्याक्ट एसयूभी सरह रहेको बीई(सिक्सको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । महिन्द्राले इनग्लो प्लेटफर्ममा तयार पारेको नयाँ कुप्पे डिजाइन एसयूभीमा पृथक लुक्स दिने १९ इन्चको ह्वील अप्सन पाउन सकिन्छ ।

२०७ एमएम अग्लो उच्च ग्राउण्ड क्लियरेन्स भएको बीई सिक्समा ४५५ लिटर क्षमताको बुट स्पेस पाउन सकिन्छ । यसको इन्टेरियर पनि निकै आकर्षक देखिएको छ । १२.३ इन्चका ड्युल स्क्रीनको कम्बिनेश उत्कृष्ट छ । यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा धेरै एपहरू इनब्युल्ट छन् ।

क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तीव्र गतिमा चलाउन मिल्छ । फ्ल्याटबटम स्टेरिङ ह्वील, एयरक्फ्र्टमा हुने थ्रस्ट जस्तो आकारमा दिइएको मोड सेलेक्टर, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ ।

महिन्द्राले बीई-सिक्समा हर्मन कार्डनको १६ स्पीकर, ड्युल जोन क्लाइमेट कन्ट्रोल, मल्टीकलर एम्बियन्ट लाइट, ५ जी कनेक्टीभिटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग जस्ता फिचर उपलब्ध गराएको छ । यो एसयूभीमा रेन्ज, इभ्रीडे र रेस ड्राइभिङ मोड उपलब्ध छ ।


Back_to_top