नेपालमा महिन्द्रा बीई-६को मूल्य ७६ लाख, एक्सईभी-९ईको कति ? (सूचीसहित)

काठमाडौं । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले बीई ६ र एक्सईभी ९ ई नेपाल ल्याएको छ । कम्पनीले यी दुबै मोडलको मूल्य प्रकाशित गरेर गाडी नेपाल आएको जनाउ दिएको हो ।

यी दुई मोडल मध्ये बीई-६ दुई भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले बीई-६ लाई ५९ किलोवाट आवरको ब्याट्री अप्सनमाको मूल्य ७६ लाख ३० हजार र ७९ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको ८३ लाख ८० हजार मूल्य तोकेको छ । दुबै भेरियन्ट ९९ किलोवाट पीक पावर भएको इलेक्ट्रीक मोटरमा उपलब्ध हुनेछ । दुबै अप्सन फिचर लोडेड टप भेरियन्टमा उपलब्ध हुनेछन् ।

त्यस्तै, अर्को मोडल एक्सईभी-९ ईलाई दुई फरक मोटर साइजमा उपलब्ध गराएको हो । कम्पनीले यसलाई ९९ र १९९ किलोवाट क्षमताको मोटरमा ल्याएको हो । यसको ५९ किलोवाट आवरको ब्याट्री भएको मिड भेरियन्टको मूल्य ७७ लाख ६५ हजार रुपैयाँ छ । साथै, टप भेरियन्टको मूल्य ८७ लाख १५ हजार रहेको छ ।

एक्सईभी-९ ईको ठूलो ब्याट्री र ठूलो मोटर साइज भएको टप भेरियन्टको मूल्य १ करोड ७ लाख तोकिएको छ । यसमा ७९ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

आगामी नाइमा मोविलिटी एक्स्पो २०२५ मा यसलाई लन्च गर्ने योजना कम्पनीले बनाएको छ । अहिले केही युनिट परिक्षणको लागि मात्रै ल्याएको छ ।


Back_to_top