अपग्रेड भयो महिन्द्राको धनगढी शोरुम

काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक वितरक अग्नि ग्रुपले हालै धनगढीमा रहेको आफ्नो शोरुम अपग्रेड गरेको छ । कम्पनीले शोरुम अपग्रेडसँगै स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को बिक्री सुरु गरेको हो ।

कम्पनीले एसयूभीमा भएको लोगो परिवर्तनसँगै आफ्ना शोरुमहरु अपग्रेड गर्दै लगेको छ । यसअघि काठमाडौं, इटहरी, जनकपुरधाम, चितवन लगायतका ठाउँहरुबाट नयाँ लाइनअपको बिक्री सुरु भइसकेको छ ।

नयाँ ट्विन पिक्स लोगोको साथ महिन्द्राका एक्सयूभी शोरुमहरु बनिरहेका छन् । धनगढीमा रहेको नयाँ अपग्रेड भएको शोरुमको उद्घाटन कार्यक्रममा प्रदेशका माननीय मन्त्री प्रकाशबहादुर देउवा, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकरको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यव्रmममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सम्बोधन गर्दै भने, ‘धनगढी र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम अपग्रेड भएको बताए ।’
अग्नि ग्रुपले सन् १९९१ देखि महिन्द्रा एण्ड महिन्द्रा समूहको लागि आधिकारिक वितरक भएर काम गर्दै आएको छ । बिक्री पछिको सेवालाई मुख्य ध्यानमा राखेर पार्ट्स र सर्भिसलाई मजवुद बनाउँदै आएको छ ।

आफ्नो ३२ लामो यात्रामा देशको अग्रणी युटिलिटी भेहिकल वितरक बनेको अग्नीले बृहत् नेटवर्क निर्माण गरेको छ । कम्पनीका देशभर ८० भन्दा बढी डिलर र शाखाहरू छन् ।


Back_to_top