गोली र बमले केही नहुने महिन्द्राको नयाँ एसयूभी

भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राले एक शक्तिशाली एसयूभी बनाएको छ । यो एसयूभी नयाँ दिल्ली स्थित एयरपोर्टको सीआइएसएफमा समेत राखिएको छ । यो अफ रोड एसयूभीमा विभिन्न विशेषताहरु समावेश गरिएको छ ।

महिन्द्रा मार्कसम्यान २००९ मा सार्वजनिक भएको थियो । २०१० मा पहिलोपटक यो गाडी मुम्बई पुलिसले लिएको थियो । त्यस पश्चात् विभिन्न सुरक्षा एजेन्सीहरुले यो एसयूभी प्रयोग गरि रहेका छन् ।

मार्कसम्यान ६ सिट क्षमता भएको एसयूभी हो । महिन्द्राले यो गाडी चर्चित एसयूभी स्कर्पियोको प्लेटफर्ममा बनाएको हो । मार्कसम्यान बुलेटप्रुफ एसयूभी हो जुन एके–७४ को आक्रमणमा समेत केही नहुने दाबी कम्पनीको छ ।

मार्कसम्यान एसयूभीको लेन्थ ४ हजार ३९० एमएम, वाइड १ हजार ८६३ र हाइट २ हजार ३० एमएम रहेको छ । यो गाडीको तौल २६ सय किलो रहेको छ । डिजेल इन्जिनमा उपलब्ध मार्कसम्यान २.२ लिटरको इन्जिनले १२० एचपी पावर र २.६ लिटर डिजल इन्जिनले ११५ एचपी पावर दिन्छ । ५ स्पीड म्यानुअल ट्रन्समिसन भएको मार्कसम्यानमा ४ ड्राइभिङ अप्सन रहेको छ । यो गाडी विशेष गरि युद्ध क्षेत्रमा प्रयोग गर्न उपयुक्त रहेको कम्पनीको भनाइ छ । 


Back_to_top