केटीएम इन्डियाले यामाहाको चर्चित बाइक आर-१५-भी-३ सँग सिधा प्रतिस्पर्धा गर्न नयाँ बाइक ल्याउने भएको छ । कम्पनीले आरसी-१२५ लाई बजारमा उतार्ने तयारी गरिरहेको हो ।
केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको केटीएम डुक–१२५ ले कम्पनीको सेल्समा निकै वृद्धि गरिरहेको छ । डुक-२०० र डुक-३९० बाट प्रभावित डुक-१२५ को सफलता पश्चात् कम्पनीले केटीएम आरसी-१२५ ल्याउने तयारी थालेको हो ।
कम्पनीले हालै महाराष्ट्रको पुनेमा यो बाइकको परिक्षण गरिरहेको देखिएको छ । ४०० सीसीभन्दा कम क्षमताका बाइकहरु केटीएमले भारतीय प्लान्टमा नै निर्माण गर्ने गरेको छ । साथै, यी बाइकहरु भारतबाट अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात भइरहेका छन् ।
यसअघि कम्पनीले भारतमा निर्माण गरेको डुक १२५ सीसीको सफलता पश्चात केटीएम आरसी-१२५ ल्याउने तयारीमा कम्पनी रहेको बताइएको छ ।
परिक्षणको क्रममा देखिएको यो बाइकको एक्जस्ट आरसी-२०० तथा ३९० को जस्तै देखिएको छ । कम्पनीले आरसी-१२५ यूरोपियन डिजाइनमा निर्माण गरेको अनुमान गरिएको छ ।
डुक–१२५ को डिजाइन डुक–२०० तथा ३९० बाट लिइएको कारण पनि केटीएम आरसी-१२५, आरसी-२०० तथा ३९० बाट प्रभावित भएर निर्माण भएको अनुमान गर्न सकिन्छ ।
आरसी–१२५ को इन्जिनको बारेमा भने कम्पनीले कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन । केटीएक डुक-१२५ मा भने १२४.७ सीसीको सिगंल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १४ पीएस तथा १२ एनएम टर्क जनेरेट गर्छ ।
६ स्पीडको ट्रान्समिसन रहेको यो बाइक सिगंल च्यानल एबिएससहित भारतीय बजारमा बिक्री भइरहेको छ । केटीएम आरसी-१२५ समेत यही फिचरमा आउने अनुमान गरिएको छ ।
भारतीय बजारमा १ लाख ४० हजार रुपैयाँमा यो बाइक सार्वजनिक हुन सक्नेछ ।


