काठमाण्डौ । के.एल. दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर टायल घर स्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ । स्वास्थ्य सेवा तथा समयमै उपचार प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो ।
स्वास्थ्य उपचार बाट कोही पनि नागरिक बञ्चित हुन नपरोस भन्ने धेयका साथ सो कार्यक्रम आयोजना गरेको यूनाइटेड सिमेन्ट्सले जनाएको छ ।
उक्त शिविरमा लगभग ५ सय ५० भन्दा बढि नागरिक यो शिविर बाट लाभान्वित भएको जनाएको छ । सो शिविरमा मुख्य रुपमा आँखा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो ।
अघिल्लो बर्ष पनि शिक्षाको क्षेत्रमा यहि वडाका विभिन्न सरकारी विद्यालयमा यूनाइटेड सिमेन्ट्सले शैक्षिक सामाग्री हस्तान्तरण एम्बुलेन्स तथा एम्बुलेन्स सेवा संचालनका लागि आर्थिकसमेग गरेको थियो । यस्तो शिविर तथा सहयोग आगामी दिनमा पनि निरन्तर गर्ने युनाइटेड सिमेन्टले बताएको छ ।


