चिनियाँ व्याट्री तथा इलेक्ट्रीक सवारीसाधन उत्पादक कम्पनी बिवाईडीले संसारकै सबैभन्दा लामो ‘के१२ए’ बस उत्पादन गरेको दाबी गरेको छ । कम्पनीले यो इलेक्ट्रीक बसलाई गत सोमबार चीनमा सार्वजनिक गरेको हो ।
२७ मिटर लामो यो इलेक्ट्रीक बसलाई कम्पनीले आफ्नो हेडक्वाटर सान्जेनमा सार्वजनिक गरेको थियो । यो बसमा २५० सिट राखिएको छ भने ७० किलोमिटर प्रतिघन्टाको अधिकतम स्पीडमा यसलाई गुडाउन सकिने जनाइएको छ ।
एक पटकको फुल चार्जमा यसलाई करिब १८६ माइल अर्थात् ३०० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।
संसारमै पहिलो पटक फोर ह्वील ड्राइभ सिस्टममा ल्याइएको यो इलेक्ट्रीक बस टु ह्वील ड्राइभमा समेत गुडाउन सकिने छ । सम्पूर्ण बडी आलमुनियमबाट बनाइएको यस बसमा बिवाईडीले आफ्नै टेक्नोलोजिमा व्याट्री, इलेक्ट्रीक मोटर र इलेक्ट्रोनिक्स कन्ट्रोल दिएको जनाएको छ ।
संसारभर बिवाईडीले उत्पादन गरेको लामो बसलाई लिएर वातावरणविद्हरुले सकारात्मक टिप्पणी गरेका छन् । कम्पनीले सहरी क्षेत्रले यो बसको प्रयोगबाट निकै धेरै फाइदा लिन सक्ने जनाएको छ ।


