महिन्द्राको ‘मनसुन सर्भिस क्याम्प’ भोलिबाट, आकर्षक उपहार पाइने

काठमाडौं । महिन्द्रा फोर ह्वीलरको नेपालका लागि आधिकारिक विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले भेलिबाट मनसुन सर्भिस क्याम्प संचालन गर्ने भएको छ । कम्पनीले देशभर रहेको आफ्ना सर्भिस सेन्टरहरुमा सर्भिस क्याप संचालन हुने भएको हो ।

यो सर्भिस क्याम्प यही साउन १४ र १५ गतेगरी दुई दिन संचालन हुनेछ । महिन्द्राका सम्पूर्ण फोरव्हीलर गाडीहरुको ३०-पोईन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

वर्षातको समयमा ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राख्दै गरिएको यस सर्भिस क्याम्पमा गाडीको ३०-पोईन्ट चेकअप मार्फत सवारीको अवस्था ग्राहकले थाहापाउन सक्ने छन् ।

यस क्याम्पमा सहभागीता जनाउन ग्राहकले महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा आफ्नो गाडीको बुकिङ्ग गर्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top