महिन्द्रा ‘मराजो’ सेप्टेम्बरमा आउने, यस्ता छन् विशेषता

महिन्द्राले ल्याउन लागेको नयाँ एमपीभीको नाम सार्वजनिक भएको छ । पहिले यू३२१ कोड नेमबाट परिचित सो गाडीको नाम महिन्द्रा मराजो हुने पक्का भएको छ । 

महिन्द्रा मराजो न्यु मोनोकक प्लेटफर्ममा तयार गरिएको यो ७ सिटर गाडी आगामी सेप्टेम्बर महिनामा लन्च गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

कम्पनीले मराजो स्पेनिस भाषाबाट लिइएको हो । स्पेनिस भाषामा मराजोको अर्थ (शार्कमाछा) हुन्छ । मराजोको डिजाइन शार्कबाट प्रभावित छ । समुद्रमा पाइने शार्कको दाँत जस्तै यसका क्रोम ग्रिल छन् । त्यसैगरी पछिल्लो भागमा शार्कको पुच्छर जस्तै टेल ल्याम्प्स हुनेछ ।

यसमा शार्क फिन एन्टेना पनि हुनेछ, जसले ओभरल डिजाइनलाई कम्प्लिट गर्नेछ । इन्जिनको वारेमा धेरै कुरा सार्वजनिक गरिएको छैन । तर पनि यसमा १.६ लिटर डिजेल इन्जिन हुने अनुमान गरिएको छ । 

त्यसैगरी ६ स्पिड अटोमेटिक र म्यानुअल ट्रान्समिसन अप्सन हुनेछ । यसले १२१ एचपी पावर र ३०० एनएम टर्क प्रदान गर्नेछ ।

पछिल्लो भागको एसीसँगै अटोमेटिक क्लाइमेट कन्ट्रोल फिचर उपलब्ध हुनेछ । भारतमा महिन्द्रा मराजोको मूल्य १० देखि १५ लाख भारुको बीचमा हुने अनुमान गरिएको छ ।


Back_to_top