काठमाडौं । जापानिज मोटर उत्पादक कम्पनी होन्डाको मोटरसाइकल र स्कुटरमा ठुलो हिस्सा भारतीय बजार रहेको छ । यसमा महंगा मोटसाइकल देखि स्कुटरसम्म रहेका छन् ।
अब होन्डाले यस्तो मोटर बनाउदै छ जस्मा मोटरसाइकल र स्कुटरको संयोजन गरेर तयार पारिएको छ । यसलाई कम्पनीले इलुजम नाम दिइएको छ ।
यो स्कुटरमा एकदमै शक्तिशालि इन्जिन साथै हाइटेक प्रबिधीको प्रयोग गरिएको छ । यसलाइ कम्पनीले आकर्षक डिजाइनका साथै एकदमै आरामदायी बनाएको जनाएको छ ।
यस स्कूटर को अवधारणा २००१ मा पेश गरिएको थियो जब कि यसलाइ अक्टोबर २००३ को टोक्यो मोटर शोमा पहिलो पटक प्रदर्शन गरिएको थियो ।
आकर्षक स्वरुप
यो स्कुटर आकर्षक स्वरुपका साथै भिन्न डिजाइनमा प्रस्तुत गरिएको छ, यसलाइ पनि एक बिशेषताको रुपमा लिइएको छ । यसमा परिबर्तनिय रुफ प्रयोग गरिएको छ । जसले गर्दा पारर्दशी बनाइएको भएपनि यसबाट घाम भने छिर्दैन ।
४–सिलेंडर ७–स्ट्रोक ७५० सिसि वाटर–कुल्ड इन्जिनको प्रयोग हुने यो स्कुटर टाटा न्यानो कारमा भन्दा शक्तिशाली रहेको छ । टाटा नानो कारमा ६२४ सिसि पावरको इन्जिन रहेको छ जुन यो स्कुटर भन्दा १२६ सिसि कम हो ।
यसमा स्वचालित गियरको प्रयोग गरिएको छ । सामान्यतया सबैजसो स्कुटरमा स्वचालित गियरको प्रयोग गरिन्छ । यो स्कुटरमा अगाडि र पछाडिनै डिस्क ब्रेक प्रयोग गरिएको छ । कम्पनीले यसलाई २०२० सम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ ।

