नयाँ दिल्ली । महिन्द्राका दुई इलेक्ट्रीक एसयूभी बीई-६ र एक्सईभी ९ई दुबैले भारत एनक्यावमा ५ स्टार रेटिङ प्राप्त गरेको छ । कम्पनीले बजारमा बिक्री सुरु नगरेको दुबै एसयूभीले क्र्यास टेस्टमा उत्कृष्ट पर्फमेन्स गरेको हो ।
अहिले नेपालमा समेत निकै चर्चामा रहेको बीई-६ ले एडल्ट अकुपेन्ट सेफ्टीमा ३२ मा ३१.९७ अंक पाएको छ । साथै, चाइल्ड अकुपेन्ट सुरक्षामा ४९ मा ४५ अंक पाएको हो । ओभरअलमा दुबैमा ५ स्टार रेटिङ पाएको हो । परीक्षण भएको बीई–६ मा ७९ किलोवाट आवरको ब्याट्री दिइएको थियो ।
अझ एक्सईभी-९ ले त एडल्ट अकुपेन्ट ३२ मा ३२ अंक हासिल गर्दै भारत एनक्याप क्र्यास टेष्टमा उत्कृष्ट अंक हासिल गरेको हो । चाइल्ड अकुपेन्ट सुरक्षामा ४९ मा ४५ अंक प्राप्त गर्दै समग्रमा ५ स्टार रेटिङ पाएको हो ।
आफ्ना दुबै इलेक्ट्रीक एसयूभीले फाइभ स्टार रेटिङ पाएपछि महिन्द्राका अटोमोटीभ टेक्नोलोजी एण्ड डेभपलमेन्टका प्रेसिडेन्ट आर वेलुसामीले आफुहरु सुरक्षीत कार बनाउन प्रतिवद्ध रहेको प्रमाण भएको बताए ।
यी दुबै एसयूभी चाँडै नेपाली बजारमा उपलब्ध हुनेछ । तर, दुबै गाडी नेपालमा पाउन अझै केही महिना भने कुर्नु पर्ने हुन्छ ।


