काठमाडौं । महिन्द्राले आफ्नो पोर्टफोलियोको सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी दुई सातापछि बजारमा ल्याउने भएको छ ।
कम्पनीले आगामी नोभेम्बर २६ र २७ मा बेङ्गलुरुमा आयोजना हुने स्क्रीम इलेक्ट्रीक इभेन्टमा ७ सिटे एसयूभी एक्सईभी ९ एस सार्वजनिक गर्ने भएको हो ।
बजारमा अहिलेसम्म ५ सिटे इलेक्ट्रीक एसयूभी र ७ सिटे एमपीभी मात्र उपलब्ध छन् । अब महिन्द्राले एसयूभी सेग्मेन्टमा ७ सिटे एसयूभी एक्सईभी ९ एस उपलब्ध गराउने भएको हो ।
लग्जरी, टेक र प्रर्फमेन्सको अल इन वान सोलुुसन एक्सईभी ९ एसमा १२.३ इन्चको ट्रिपल स्क्रीन, हर्मन कार्डनको १४०० वाटको १६ वटा स्पिकर सहितको प्रिमियम म्युजिक सिस्टम, सोफिस्टिकेटेड एम्बियन्ट लाइटिङ, प्रिमियम मेटेरियलको लग्जरी अपहोस्ट्रे जस्ता फिचर रहेको छ ।
त्यस्तै मेमोरी, इलेक्ट्रीक पावर र भेन्टिलेटेड फिचर भएको ड्राइभरसिट, मल्टिजोन एयर कण्डिसन, डेडिकेटेड एसी भेन्ट सहितको सेकेण्ड र थर्डरो सिट, लेभल २ एडास, वायरलेस एण्डरोइड अटो र एप्पलकारप्ले, स्न्यापड्रायनको एक्ट्रीम कम्प्युटिङ पावर लगायत टेक फिचर रहेको छ ।

महिन्द्राको नयाँ एसयूभी ९एस इलेक्ट्रीक ओरिजिन इनग्लो प्ल्याटफर्ममा बनेको छ । यस अघि वर्न इलेक्ट्रीक इनग्लो प्ल्याटफर्ममा बनेको महिन्द्राका इलेक्ट्रीक एसयूभीहरू ३० हजार भन्दा बढी बिक्री भइसकेको छ । यो प्ल्याटफर्ममा राम्रो राइड क्वालिटीको साथमा ५ लिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सन र फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पर रहेको छ ।
इनग्लो प्ल्याटफर्म स्ट्याण्डर्ड रूपमा रियरह्वील ड्राइभ सिस्टम रहेको हुन्छ । यो प्ल्याटफर्ममा फ्ल्याटफ्लोर हुनुको साथै क्याबिन स्पेशमा विशेष ध्यान दिएको छ ।
महिन्द्राको नयाँ एसयूभीको फ्रन्ट बोनेट मुनि फुल साइजको फ्रङ्क दिएको छ जसमा सामानहरू राख्न सकिन्छ । महिन्द्राको पहिलाका वर्न इलेक्ट्रीक एसयूभीहरू बीई ६ र एक्सयूभी ९ईमा फिक्स ग्लास रुफ दिएकोमा एक्सयूभी ९ एसमा ड्युल प्यानल प्यानारोमिक सनरुफ दिएको छ । आवश्यक पर्दा खोल्न मिल्ने यस्तो सनरुफले क्याबिन भित्र फ्रेस हावाको प्रवाह समेत सजिलै गराउन सकिन्छ ।
कम्पनीले यो एसयूभी रियरह्वील ड्राइभ र अलह्वील ड्राइभमा समेत लन्च गर्ने अनुमान गरिएको छ ।

