पोखराको श्रीराम मोटरसाईकल वर्कशप ‘म्याक सर्भ’मा स्तरोन्नती, डिसेम्बर महिनामा छुट अफर

काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशनद्वारा उत्पादित प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त परियोजना अन्तर्गत पोखरामा रहेको श्रीराम मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरेको छ ।

म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशनका ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी ल्यब्स्का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण केसीको उपस्थितिमा सम्पन्न भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

म्याक सर्भमा ग्राहकले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ । उक्त वर्कसपबाट म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरि मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ ।

उक्त वर्कशपमा ग्राहकले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने विज्ञप्तीमा उल्लेख छ । यस वर्कशपले विभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छ । म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा डिसेम्बर, २०२० सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस् हरुमा १० प्रतिशतसम्मको छुट पाउने जनाइएको छ ।


Back_to_top