सिएफ मोटो ‘२५० एनके’को नयाँ एडिसन नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । अन्ना इन्टरनेशनलले प्रालिले सिएफ मोटो २५० एनकेको नयाँ एडिशन नेपाल भित्र्याएको छ । सिएफ मोटोको ३० औं एनिभर्सरीको अवसर पारेर २५० एनकेको लिमिटेड एडिशन नेपाल ल्याएको हो ।

सीएफ मोटो मोटरसाइकलको ३० बर्ष पुगेको अवसरमा २५० एनकेको २०० यूनिट निर्माण गरेको थियो । यसमा कम्पनीले नयाँ ग्राफिकमा डिजाइन दिएको छ । यसको फ्यूल ट्याङ्कमा सीएफ मोटो प्रिन्ट गरिएको छ ।

यसका साथै कार्वन विनसिल्ड, एलइडी डिआरएल हेडलाइट तथा ह्वीलमा एल्लो कलर फिनिसिङ दिइएको छ । मोटरसाइकललाई आकर्षक बनाउन गोल्डेन कलरको चेनसमेत प्रयोग गरिएको छ । कम्पनीले यसमा मेकानिकल परिवर्तन भने गरेको छैन ।

सीएफ मोटो २५० एनकेमा २४९ सीसी, सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले २६ बीएच पावर तथा २२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

सीएफ मोटो २५० एनके लिमिटेड एडिशनको मूल्य ५ लाख ५५ हजार ५०० रुपैयाँ रहेको छ भने, रेगुलर भर्सको मूल्य ५ लाख २५ हजार ५०० रुपैयाँ रहेको छ ।


Back_to_top