मारुति सुजुकीले २ वर्षमा नै इग्निसको उत्पादन बन्दगर्दै

काठमाडौं । मारुति सुजुकी इन्डियाले इग्निस कारको डिजेल भर्सनको उत्पादन बन्द गरेको छ । कम्पनीले डिजल सेग्मेन्टको इग्निसको मागमा आएको कमीका कारण उत्पादन बन्द गरेको भारतीय मिडियाले जनाएको छ । तर, कक्पनीले भने आधिकारी धारणा सार्वजनिक गरेको छैन । 

अहिले भारतभर रहेका सबै डिलरहरुमा डिजेल भर्सनको इग्निसको खरिदमा भारी छुट दिएर बिक्री गर्ने भएको छ । १.३ लिटरको इन्जिन रहेको यो कारले ७५ पीएस पावर र १९० एनएम टर्क उत्पादन गर्छ । 

कम्पनीले २०१६मा ल्याएको यो कार कम्पनीले सोचे अनुरुपको पर्फम गर्न सकेको थिएन । यो कारमा डिउल एयरब्याग र एबिएस सिस्टमसमेत रहेको छ ।  

१५ इन्च अलोइह्वील, नेक्सा सेफ्टी शिल्ड, एलइडी प्रोजेक्शन हेडल्याम्प, ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टमजस्ता विशेषता रहेका छन् ।  

नेपालमा डिजेल भर्सनको इग्निस कार आएको छैन भने, पेट्रोल कारको मूल्यमा पनि १ लाख ९० हजारसम्म घटाएको छ । 


Back_to_top