काठमाडौं । सन् २०११ मा फक्सवागेनले सर्वसाधारणलाई कारको कन्सेप्ट तयार गर्न भनेको थियो । त्यस प्रोजेक्टको नाम थियो ‘पिपुल्स कार’ थियो । त्यहि मध्य एउटा कन्सेप्ट डिजाईनमा बनाईएको उड्ने कारको भिडियो हाल सोशल मिडियाहरुमा निकै भाईरल भईरहेको छ ।
जुन २०१२ मा बेईजिङ्ग मोटर शोमा फोक्सवागनले देखाएको ३ वटा कन्सेप्ट मध्य एउटा यही कारको कन्सेप्ट थियो । चिनको चेन्दु शहरमा वाङ्ग जीयाले बनाईएको यस कन्सेप्ट कारको भिडियोमा पाङ्रा रहित कारको परिकल्पना गरिएको छ ।
यो कारको डिजाईन गोलो खालको पाङ्रा जस्तो आकारमा छ भने, दुबै तर्फ ढोका राखिएको छ । दुईजना यात्री मात्र चड्न मिल्ने यो कन्सेप्टकार डिजाईनमा स्टेरिङ ह्विल नभई जोयस्टिकले संचालन गर्नु पर्छ ।
जमिनबाट करिव २ फिट माथि उड्ने यो कन्सेप्ट डिजाईनमा वाङ्ग जीयाको बाआमालाई चेन्दुको गल्ली तथा हाईवेमा रमाईलो यात्रा गरिरहेको देखाईएको छ ।
सडकमा फ्रिक्सन नहुने भएकोले यस्तो कार अत्याधिक कम इनर्जीमा चल्न सक्छ । गोलाकार आकारको एकदमै सानो ठाँउमा यसलाई सहज टर्नगर्न सकिन्छ ।
यो कार चल्नको लागि इलेक्ट्रोम्याग्निजम जडित बाटोको आवश्यकता पर्छ । साङघाईको म्याग–लेभ ट्रेनलाई जस्तै इलेक्ट्रोम्याग्निजमले कारलाई हावामा तैराउने छ । प्राविधिक रुपमा इलेक्ट्रोम्याग्नेटीक बाटो नभई यो कार अघि बड्न त सक्दैन तर, फक्सवागेनले यो कुरालाई वास्ता गरेको छैन ।
अटो पाईलट जडित यो कारमा भोइस रिकग्नेसन कमाण्ड पनि रहेको छ । चारैतिर सेफ्टी सेन्सर जडित यो कारमा गति र दूरी यसले आफै क्याल्कुलेट गरि स्पिड कन्ट्रोल गर्छ । यसमा जीपिएस नेभिगेसन सिस्टमको सहयोगमा भ्वाइस कमाण्डको सहायताले आरामसँग यात्रा गरेको देखाईएको छ । र वरपरका मानिस अचम्मित भएर हेरिरहेका छन् ।
वास्तवमै यस्ता कारहरु हाम्रो रियल लाईफमा उपभोग गर्न सम्भव होलाकि नहोला थाहा छैन तर कार प्रविधिको विकास भने यस्तै कन्सेप्ट कारहरुको डिजानबाट नै सुरु हुनेछ ।
टेस्ला मोटर्सले अटोपाईलट प्र्रविधिसहितको कार बजारमा ल्याईसकेको छ भने, सेफ्टी सेन्सर हाल सबै नयाँ महङ्गा कारहरुमा प्रयोगहुन थालिसकेका छन् । क्रुज कन्ट्रोल र स्पिडलिमिटर सिस्टम आजकल कमन फिचर हुन थालिसकेको छ । अब व्यवसायिक रुपमा उड्ने कारको विकास मात्र हुन बाँकि न हो ।


