माछापोखरीमा महानगर प्रहरीले गराए यातायात बन्द

काठमाडौं । काठमाडौंको बालाजु माछापोखरीमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले यातायात बन्द गराएका छन् ।

शुक्रबार बिहानै महानगर प्रहरीले तरकारी व्यापारीहरूलाई व्यवस्थित बनाउने नाममा माछापोखरीबाट बाइपासतर्फको सडक बन्द गराएका हुन् ।

उक्त सडकमा हरेक दिन बिहान किसानहरू तरकारी बेच्न आउँछन् । आज उनीहरूलाई रोक्न महानगरको प्रहरी टोली सडकमा उभिएर यातायात प्रभावित बनाएका हुन् ।

महानगरको प्रहरीले चक्रपथबाट माछापोखरीतर्फ जाने मुख्य सडकमै उभिएर यातायात संचालनमा अवरोध गरेका हुन् ।

माछापोखरी क्षेत्रको सडक किनारमा साना किसान, व्यापारीहरूले हरेक दिन बिहान बजेदेखि ७ बजेसम्म तरकारी तथा फलफूल बेच्दै आएका छन् । किनबेच गर्नेहरूको भीडभाडले सवारी आवागमनमा बाधा पुग्ने गरेको भन्दै महानगरपालिकाले व्यापारीहरूलाई पटक पटक त्यहाँबाट हट्न भनेको थियो । उनीहरू नमानेपछि सडकै बन्द गराएर व्यापारीलाई प्रवेश निषेध गरेको हो ।

तरकारी व्यापारीलाई हटाउने नाममा महानगर प्रहरीले मुख्य सडकमै आवतजावत प्रभावित बनाएपछि अहिले तीव्र आलोचना भइरहेको छ ।

तस्बिर : राजन कुइँकेलको फेसबुकबाट

 

 


Back_to_top