काठमाडौं । एसएआईसी ग्रुप अन्तर्गतको मोरिस ग्यारेज (एमजी) ले नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी जेडएस ईभीभन्दा ठूलो साइजनमा हुनेछ ।
अहिले एमजीले नेपालमा पनि बिक्री गर्दै आएको एचएस एसयूभीको प्लेटफर्ममा नयाँ ईभी आउने भएको हो । धेरै हिसावले यो एचएस मोडलसँग मिल्दो जुल्दो हुनेछ । विभिन्न सार्वजनिक रिपोर्ट अनुसार यसको नाम नै एचएस ईभी हुन सक्नेछ ।
टेस्लाको मोडल वाईसँग प्रतिस्पर्धा गर्ने गरी आउन लागेको इलेक्ट्रीक एसयूभी डिजाइन डीएनएमा ब्रिटिस हेरिटेज अंगिकार हुनेछ । यसको नयाँ डिजाइन निकै सार्प स्टाइल र उत्कृष्ट फिनिसिङ पाउन सकिन्छ ।
एमजीले यसको अगाडिको फेसिया ‘स्पोट्स सार्क नोज’ प्रेरित बनाउने छ । लोअर ग्रिलमा स्लीम म्याट्रिक्स एलइडी हेडलाइट दिइने छ । कार स्कुपका अनुसार नयाँ मोडल ‘मोडुलर स्केलेवल प्लेटफर्म’मा बन्नेछ । एमजीको सबैभन्दा राम्रो बजार अष्ट्रेलिया, न्यूजिल्याण्ड र बेलायत भएको कारण सुरुमै राइट ह्याण्ड ड्राइभ मोडल आउने छ ।
यो प्लेटफर्ममा सिंगल मोटर, रियर ह्वील ड्राइभ तथा अल ह्वील ड्राइभ सबै अप्सन रहने छ । नयाँ एसयूभीको क्यावीनमा १०.२५ इन्चको डिजिटल टचस्कृन, एमजी पाइलटको एक्टीभ सेफ्टी फिचर रहने छ ।
एमजीले यसमा १५० किलोवाटको मोटर र ७० किलोवाट आवरको ब्याट्री प्याक दिनेछ । यसले एक पटकको फुल चार्जमा ४०० किलोमिटर माथि रेन्ज प्रदान गर्ने बताइन्छ ।


