के हो आइएम सिक्समा भएको ‘इन्टेलिजेन्ट डिजिटल चेसिस’ ?

काठमाडौं । एसएआइसी ग्रुपको प्रिमियम ब्राण्ड आइएमले उत्पादन गरेको एसयूभी आइएम सिक्समा ‘इन्टेलिजेन्ट डिजिटल चेसिस’ प्रयोग भएको छ । धेरैको मनमा के हो इन्टेलिजेन्ट चेसिस भन्ने प्रश्न उब्जेको हुन सक्छ ।

परम्परागत चेसिसको कुनै कम्पोनेन्टमा कम्युटर प्रविधि जडान भएको होला भन्ने अनुमान धेरैले गर्छन् । तर, त्यस्तो नभएर नियमित चेसिसलाई पुनः डिजाइन गरि हार्डवेर र सफ्टवेर बीच सम्बन्ध स्थापना गरेर इन्टेलिजेन्ट चेसिस बनाइएको हो ।

एमजी आइएम सिक्समा ३ हजारभन्दा धेरै संख्यामा सेमीकन्डक्टरहरू प्रयोग भएका छन् । त्यसले गाडीको सस्पेन्सन रेस्पोन्सदेखि ब्रेक प्रेसरसम्मलाई समन्वय गर्छ । त्यसैले आई सिक्स पृथक मानिन्छ । यो क्रसओभर कारले चालकभन्दा पहिला अवस्था मूल्याङकन गरेर रेस्पन्स गर्नेछ ।

आइएम सिक्समा प्रयोग भएको इन्टेलिजेन्ट डिजिटल चेसिस एक एड्भान्स टेक्नोलोजी हो । यसले गाडीको एक्सलिरेसन, स्टेरिङ र ब्रेकिङ जस्ता मुख्य कार्यहरूलाई सफ्टवेर र विभिन्न सेन्सरहरूको मद्दतले नियन्त्रण गर्छ ।

परम्परागत गाडीहरूमा यी कार्यहरू मेकानिकल पार्टपूर्जाहरूले गर्थे । डिजिटल चेसिसमा यी सबै कुराहरू कम्प्युटरबाट एकीकृत रूपमा संचालित हुन्छन् ।

यसलाई गाडीको डिजिटल स्केलेटन वा नर्भस सिस्टमको रूपमा बुझ्न सकिन्छ । जसले गाडीको मुभमेन्टलाई रियल टाइममा व्यवस्थापन गर्छ । यो प्रविधिले कारको सुपेरियर ह्याण्डलिङ र स्टेबिलीटी, आरामदायी यात्रा, उच्च सुरक्षा र समग्र ड्राइभिङ एक्सपिरियन्सलाई सुधार गर्नेछ ।

इन्टेलिजेन्ट डिजिटल चेसिसमा मुख्यतया तीनवटा प्रक्रियाले काम गर्छ ।

१. सेन्सरहरु

कारको वरिपरि विभिन्न सेन्सरहरू जस्तै लाइडार, क्यामरा, राडार जडान गरिएको हुन्छ । यी सेन्सरहरूले सडकको अवस्था, कारको गति, पाङ्ग्राहरूको चाल र कारको टिल्टीङ पोजिसन जस्ता सयौं डाटा पोइन्टहरूलाई कलेक्ट गर्छ ।

२. सेन्टर कन्ट्रोलर

सेन्टर कन्ट्रोलर डिजिटल प्रणानीको ब्रेन हो । सयौं सेन्सरहरुबाट प्राप्त भएका सबै डाटाहरू सेन्टर कम्प्युटरमा जान्छ । यसले ती डाटाहरूलाई तुरुन्तै विश्लेषण गर्छ र चेसिसका विभिन्न भागहरूलाई के गर्ने भन्ने निर्देशन दिन्छ ।

३. एक्चुएटर

एक्चुएटरहरू मेकानीकल उपकरणहरू हुने जसले सेन्टर कन्ट्रोलको कमाण्डलाई वास्तविक कार्यमा परिणत गर्छ । यसले निम्न कुराहरूलाई नियन्त्रण गर्छ ।

स्टेरिङ : पाङ्ग्रालाई कति र कतातिर मोड्ने ।

सस्पेन्सन : सडकको अवश्था अनुसार हरेक चक्काको सस्पेन्सनलाई नरम वा कडा बनाउने ।

ब्रेकिङ : हरेक चक्कामा कति ब्रेक लगाउने भन्ने कमाण्ड दिने ।

टर्क भेक्टरिङ : हरेक चक्कामा आवश्यक पावर (टोर्क) पठाउने, विशेषगरी मोडहरूमा सन्तुलन मिलाउने ।


Back_to_top