काठमाडौं । एमजीले भारतमा उत्पादन गर्ने सानो इलेक्ट्रीक कार थुप्रै आधुनिक फिचरले भरीपूर्ण रहने भएको छ । अटोकार इन्डियाले विशेष रिपोर्ट सार्वजनिक गर्दै नयाँ कार फिचर लोडेड हुने उल्लेख गरेको हो ।
सहरी यातायातको रुपमा विकास गरिएको यो कारको ड्यासबोर्ड दुई कलरमा सजिएको हुनेछ । साथै १०.२५ इन्चको दुई स्कृन यसमा रहने छ । एउटा इन्फोटेन्टमेन्ट र अर्को डिजिटल क्लष्टरको रुपमा प्रयोग हुनेछ ।
इन्फोटेन्टमेन्ट सिस्टमको तल्लो भागमा दिइएको एसी भेन्ट र कन्ट्रोल बटमहरुले कारको क्याविनलाई राम्रो देखाएको छ । कारमा टु स्पोक ह्वील प्रयोग भएको छ । गाडीको ड्यासबोर्ड, सिट र डोर प्याड सेतो र ग्रे कलरमा सजाइएको छ ।
यसलाई कम्पनीले माइक्रो ह्याचव्याक भनेको छ । कारको लम्बाई ३ मिटरभन्दा छोटो छ । यसको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६३१ एमएम दिएको छ । यसको उचाई बजारमा उपलब्ध कम्प्याक्ट साइजका एसयूभी बराबर हो । एमजीले यसमा २०१० एमएम लामो ह्वीलवेस दिएको छ ।

कम्पनीले यसमा दुई ३० किलोवाट र ५० किलोवाट क्षमताको दुई मोटर अप्सन उपलब्ध गराउने अनुमान गरिएको छ । यसमा रहने ब्याट्रीको विषयमा कुनै जानकारी सार्वजनिक भएको छैन ।
सम्भवत यो कारले एक पटकको फुलचार्जमा २०० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ । एमजीले आगामी जनवरीमा हुने अटो एक्स्पो २०२३ मा यसलाई सार्वजनिक गर्नेछ ।

