नेपालमा एमजी र बीवाइडीको चुनौती थेग्लान् पुराना ब्राण्डले ?

काठमाडौं । विद्युतीय गाडीको बजार हिस्सा तिब्र गतिमा बिस्तार भएसँगै एमजी र बीवाइडीले नेपालमा अलगै पहिचान स्थापित गरे । एमजीको १०० वर्षको इतिहास भएपनि पुनर्जन्म भएको ८ वर्ष मात्रै भयो ।

बीवाइडीको कारसँगको नाता पनि दुई दशक पुरा भएको छैन । यस्तोमा यी दुई ब्राण्डले नेपालमा जुन रफ्तारमा गाडी बिक्री थालेका छन् । यसले आगामी अटोमोवाइल क्षेत्रको लिडर परिवर्तन हुने पक्का जस्तै देखिन्छ ।

एमजी र बीवाइडी नेपाली बजारमा एक अर्काका प्रतिस्पर्धी पनि हुन् । बीवाइडीको एटो थ्री र एमजी जेडएस ईभी बीच कडा टक्कर चलिरहेको छ भने डल्फीन र एमजी फोर बीच पनि टक्कर देखिन्छ । यी दुई ब्राण्ड बीचको प्राइसवारको फाइदा पनि ग्राहकले राम्रैसँग पाएका छन् ।

दुबै ब्राण्डका गाडी चीनमा उत्पादन हुन्छन् । चीनकै सबैभन्दा ठूलो अटोमोवाइल निर्माता एसएआईसीको स्वामित्वमा रहेको एमजी आफ्नो ब्रिटिस लिगेसीलाई लिएर अगाडि बढी रहेको छ । त्यहि अमेरिकी चर्चित लगानीकर्ता वारेन बफेटको लगानीका कारण बीवाइडीले ग्लोवल मार्केटमा धेरै चर्चा पाएको हो ।

नेपाली बजारमा प्रवेश गरेको एक दशक दुबै ब्राण्डको भने भएको छैन । यी दुबै ब्राण्ड २०१९ भन्दा अगाडि नेपाली बजारमा कमैले नाम लिन्थे । विगत ५ वर्षमा यी दुबै ब्राण्डको ग्रोथ निकै राम्राे देखिन्छ । जुन नेपालमा मात्रै नभएर विश्व बजारमा पनि हो ।

चुनौतीको चांगमा स्थापित पुराना ब्राण्ड

नेपालमा स्थापित पुराना ब्राण्डको नाम लिँदा सबैभन्दा अगाडि नाम आउने टोयोटा, मारुती सुजुकी, हुन्डाई, टाटा, किया, महिन्द्रा, स्कोडा, फक्सवागेन जस्ता ब्राण्डको नाम छुटाउन सकिदैन ।

बजार हिस्साको हिसावले मारुती सुजुकी र हुन्डाई बीचमा कडा टक्कर रहँदै आएको थियो । अहिले यी दुबै ब्राण्ड पछाडि धकेलिएका छन् । भारतमा टाटाले स्मार्ट मुभ गरेर पेट्रोल कारलाई ईभीमा पनि ल्याउँदा टाटाले नेपाली बजारमा पहिलो बन्ने अवसर प्राप्त गर्यो ।

विद्युतीय कार भएर पनि मूल्यको हिसावले महंगो हुँदा हुन्डाईले पछिल्ला दुई वर्ष त्यसको फाइदा लिन पाएको छैन । मारुती सुजुकी भने विद्युतीय कारको पर्खाइमा छ ।

यी बाहेक फक्सवागेन, टोयोटा, जस्ता विश्वका चर्चित ब्राण्डहरु ईभी नहुँदा केही मुश्किलमा देखिन्छन् । त्यसमा पनि टोयोटालाई ठूला एसयूभीले केही हदसम्म भरथेग गरेको देखिन्छ ।


Back_to_top