सीयूभी सेग्मेन्टमा धक्का दिन आयो ‘विन्डसर’, मूल्यले तान्ला ग्राहक

काठमाडौं । कम्प्याक्ट युटीलिटी भेहिकल सेग्मेन्टमा एमजी विन्डसर ईभीको इन्ट्री भएको छ । यो सेग्मेन्ट नेपालमा विगत दुई वर्षदेखि सफल मानिन्छ ।

नेपाली बजारमा बिक्री सुरु हुनु अगाडि नै निकै चर्चा र चासोका साथ हेरिएको विन्डसर ईभी मेरोअटोले यसअघि नै भारतमै टेस्ट ड्राइभ गरेको थियो । दिल्लीको सडकमा हामीले झण्डै २८ किलोमिटर टेष्ट ड्राइभ गरेका थियौं । टेस्ट ड्राइभको भिडियो तल दिइएको छ ।

दिल्लीको अस्तब्यस्त ट्राफिकमा पनि सहज ड्राइभिङ दिन सक्षम विन्डसर चालक र यात्रु दुबैको लागि सहज मेसिन हामीले महसुस गरेका थियौं । त्यही मोडल आजबाट पारामाउन्ट मोटर्सले नेपालमा बिक्री सुरु गरेको छ ।

विन्डसर स्मुद ह्याण्डलिङ, इन्स्ट्यान्ट पावर र आरामदायी सिटको कारण चालक र यात्रु दुबैलाई खुसी बनाउन सक्षम छ । अहिले बीवाइडी डल्फिन बिक्री भइरहेको सेग्मेन्टमा उपलब्ध विन्डसरको प्रतिस्पर्धा डल्फीनसँगै नामी–०१ ह्याचव्याक कारसँग पनि हुनेछ ।

पारामाउन्ट मोटर्सले विन्डसर ईभी दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा विन्डसरको मूल्य एक्साइ भेरियन्टको ३७ लाख ९९ हजार र एक्कुसिप भेरियन्टको ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । मूल्य अनुसार पावरफुल ह्याचव्याक कारको रुपमा भोलिबाट बजारमा बिक्री सुरु हुनेछ ।

यस्ता छन् फिचर

एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । साथै, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । यसको पीकटर्क २०० एनएम छ । सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । भारतको सहरी क्षेत्रमा परीक्षण गर्दा यसले ३२७ किलोमिटरसम्म रेन्ज दिएको पाइन्छ ।

विन्डसरमा फ्लस डोर ह्याण्डल, क्लिन सर्फेस र सबै लाइटहरु एलइडी प्रयोग भएको छ । अगाडि ठूलो एज प्रयोग गरेर निकै अनौठो लाग्ने डिजाइनमा विन्डसर इलेक्ट्रीक तयार पारिएको छ । यसमा १८ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।

कम्पनीले यसलाई लग्जरी बनाउन पछाडिको सिट १३५ डिग्रीसम्म डल्काउन सकिने गरी तयार गरेको छ । नयाँ विन्डसरमा निकै ठूलो पानारोमिक ग्लास रुफ दिइएको छ । इन्टेरियरमा ८.८ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन छ ।

वायरलेस चार्जर, अटोमेटीक एसी, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रीक स्टेविलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।


Back_to_top