साइज र फिचरको लडाईमा चर्चित दुई ईभी, मूल्यमा २ लाख फरक

काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएको इलेक्ट्रीक एसयूभी टाटा नेक्सन ईभीको लङ रेन्ज मोडल म्याक्सको बिक्री सुरु भएसँगै प्रतिस्पर्धीको चर्चा पनि बढ्दै गएको छ ।

टाटा नेक्सन टप भेरियन्टको मूल्य ४६ लाख ४९ हजार र यसको मुख्य प्रतिस्पर्धी मानिएको एमजी जेडएसको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार रहेको कारण यी दुईमा मूल्यकै कारण प्रधिस्पर्धा हुने देखिएको हो ।

टाटा नेक्सनको तुलनामा एमजी जेडएस साइजमा ठूलो छ । फिचरको हिसावले पनि यी दुई मोडल बीच राम्रै प्रतिस्पर्धा हुने देखिन्छ । एमजी जेडएसमा नेक्सनभन्दा ठूलो ब्याट्री भएपनि कम्पनीले दावी गरेको रेन्जमा नेक्सन अगाडि देखिन्छ ।

केही दिनअघि मात्रै विक्री सुरु भएका यी दुबै मोडलमा कति फरक छ भन्ने बिषय हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

ब्याट्री र मोटर साइज

नेक्सनको म्याक्स मोडलमा ४० किलोवाट आवरको ब्याट्री छ भने जेडएस ईभी स्टायडर्ड रेन्जमा ५१ किलोवाट आवरको ब्याट्री रहेको छ । मोटर पावरमा एमजी ९९ किलोवाट र टाटा १०० किलोवाट क्षमताका लगभग समान मोटरका साथ उपलब्ध छन् ।

एक्स्टेरियर

मुख्यतया नेक्सन म्याक्समा सनरुफ छ भने जेडएसको कम्फर्ट भेरियन्टमा सनरुफ छैन । टाटा नेक्सन ईभी म्याक्समा प्रोजेक्टर हेडल्याम्प, फलोटिङ रुफ, पियानो ओआरभीएम, १६ इन्चको डाइमन्ड कट अलोय ह्विल जस्ता फिचर छन् ।

तर, एमजी जेडएस कम्फर्ट भेरियन्टमा शनरुफ छैन । त्यसका अलावा थ्री ३६० डिग्री क्यामेरा, एमजी पाइलट सुरक्षा फिचर, ट्वीलाइट सेन्सर, हाई माउन्टेड ब्रेकिङ लाइट, रियर फगल्याम्प जस्ता फिचर भएको कारण जेडएस ईभीले नक्सनलाई कडा टक्कर दिने देखिन्छ ।

यी दुबै मोडलमा एलइडी टेलल्याम्प, रुफरेल, शार्क फिन एन्टेना, बडी कलर डोर ह्यान्डल पाउन सकिन्छ ।

इन्टेरियर

सामान्य फिचर्स जस्तै रेन सेन्सीङ वाइपर, लेदर सिट, विभिन्न ६ तरिकाले एडजस्ट गर्न सकिने ड्राइभर सिट, एसी भेन्ट्स, लेदर र्याप गरिएको स्टेरिङ ह्वील, फ्रन्ट एसी, हिटर, क्याबिन बुट एक्सेस, क्रुज कन्ट्रोल दुवै ईभीमा छन् । दुबैमा कि–लेस स्टार्ट÷बटन स्टार्ट, १२ भोल्ट पावर आउटलेट, ड्राइभ मोड सेलेक्टर, भ्यानिटी मिरर जस्ता सुविधा पनि समावेश छन् ।

एमजी कम्फर्ट भेरियन्टमा शनरुफ, भेन्टीलेटेड तथा हिटेड सिट र लेदरेट सिट छैन । जुन त्यसकै टप भेरियन्ट लग्जरीमा उपलब्ध छ । कम्फर्टमा रियर वाइपर, ड्राइभर आर्म रेस्ट, भेहिकल टु लोड फिचर पनि उपलब्ध छ ।

सुरक्षा फिचर

सुरक्षाका लागि एमजीले इबीए, इएसएस, अटो होल्ड, आइसोफिक्स रियर सिट, स्पीड असिस्टेन्स सिस्टम, फ्रन्ट कोलाजिन वार्निङ, ब्लाइन्ड स्पट मनिटरिङ, एडाप्टिभ क्रुज कन्ट्रोल लगायत अत्याधुनिक फिचर्स समावेश गरेको छ ।

ट्रयाकसन् कन्ट्रोल, प्यानिक ब्रेक अलर्ट, रोल ओभर मिटिगेसन, अटो भेहिकल लोड, चाइल्ड सेफ्टी रियर डोर लक, फ्रन्ट फगल्याम्प लगायतका फिचर्स टाटाले नेक्सन म्याक्स ईभीमा उपलब्ध गराएको छ ।

त्यसबाहेक, अन्य फिचर्सहरु जस्तै इलेक्ट्रोनिक स्टेबिलिटि प्रोग्राम ’इएसपी’, टायर प्रेसर मापन गर्ने प्रणाली टायर प्रेसर मनिटरिङ सिस्टम(टिपीएमएस), ड्राइभर एण्ड को-ड्राइभर एयरब्याग, हिल डिसेन्ट कन्ट्रोल दुवै ब्रान्डका ईभीमा पाउन सकिन्छ ।


Back_to_top