इलेक्ट्रीक स्कुटर र मोटरसाइकल चढ्नेले ध्यान दिनु पर्ने ४ कुरा

काठमाडौं । बजारमा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनको माग बढ्दो क्रममा छ । लामो यात्रा गर्न नपर्ने, सहरी क्षेत्रमा दैनिक सरदर ५०/६० किलोमिटर यात्रा गर्नेलाई पेट्रोल स्कुटरको तुलनामा इलेक्ट्रीक स्कुटर खरिद गर्न फाइदा हुन्छ ।

इलेक्ट्रीक साधनको मुख्य पार्टस भनेकै ब्याट्री र मोटर हो । त्यसैले इलेक्ट्रीक साधन खरिद गरेका ब्यक्तिले ब्याट्री र मोटर सुरक्षीत राख्न विशेष ध्यान दिनु पर्ने हुन्छ ।

चालकले आफ्नो स्कुटरमा रहेको ब्याट्री र मोटरलाई कसरी सुरक्षीत राख्न सक्छ भन्ने विषयमा हामीले केही जानकारी दिने प्रयास गरेका छौं ।

ब्याट्री र मोटरमा ध्यान दिने

इलेक्ट्रीक स्कुटरमा सबैभन्दा महंगो पार्टस् भनेकै ब्याट्री र मोटर हो । त्यसैले यसलाई पहिलो प्राथमिक्तामा राखेर मेन्टेन गर्नु पर्छ । ब्याट्रीलाई चार्जमा धेरै पटक नहाल्ने धेरै पटक हाल्ने झिक्ने गर्नाले ब्याट्री चाँडो विग्रने सम्भाबना हुन्छ र रेन्जसमेत घट्दै जान्छ ।

कम्तिमा ब्याट्री १५ वा १० प्रतिशत भएपछि मात्रै चार्जमा लगाउने र फुलचार्ज हुने बितिकै निकालिहाल्ने गर्नु पर्छ । ब्याट्रीमा ओभर चार्जले गर्दा पनि समस्या आउने गर्छ ।

फास्ट चार्जरको उपयोग कम गर्ने

इलेक्ट्रीक स्कुटरको ब्याट्री लामो समयसम्म चलाइराख्न कम्पनीले दिएकै चार्जरबाट घर वा अफिसमा चार्ज गर्नु धेरै उपयुक्त हुन्छ । यसमा अलि बढि समय लाग्छ तर, फास्ट चार्जरको तुलनामा यसले ब्याट्रीको आयु वढाउन सहयोग गर्छ । फास्ट चार्जरले ब्याट्रीकोआयु चाँडो सक्छ ।

टायरको पनि ख्याल राख्ने

टायरमा एयर प्रेसरको ध्यान राख्न पनि धेरै जरुरी हुन्छ । यदि स्कुटरको टायरमा सहि एयर प्रेसर छैन भने, स्कुटरको मोटरमा धेरै भार पर्न जान्छ । जसले गर्दा मोटरमा धेरै प्रेसर हुन्छ र ब्याट्रीको जरुरत धेरै पर्न जान्छ ।

टायरमा जहिले पनि कम्पनीले तोकेअनुसारको एयर प्रेसर मिलाउनु पर्छ । सकभर हप्ताको एक पटक टायरमा रहेको हावा मापन गर्दा राम्रो हुन्छ । एयर प्रेसर फरक परेको खण्डमा मोटरमा छिटै समस्या आउने र ब्याट्रीको रेन्जमा समेत कमी हुनसक्छ ।

समय समयमा सर्भिसिङ गराउने

यसमा पेट्रोल स्कुटरमा जस्तो इन्जिन वा अन्य किसिमका पार्टस् हुँदैन । तर, ब्याट्री र मोटरको बेलाबेला परीक्षण गराउनु पर्ने हुन्छ । कम्पनीले दिएको समयमा लगेर सर्भिसिङ गराउँदा मोटर र ब्याट्रीको आयुसमेत धेरै बढ्ने गर्छ ।


Back_to_top