काठमाडौं । माइक्रो भ्यानमा विद्युतीय साधनले कब्जा जमाएको छ । कम मूल्यको माइक्रो भ्यान सेग्मेन्टमा रहेको पेट्रोलियम गाडीको वर्चश्वलाई विद्युतीय भ्यानले पछाडि धकेलेको हो ।
सन् २०२३ को डिसेम्बर १५ तारिखसम्म १ हजार १० यूनिट माइक्रो भ्यान आयात भएको छ । त्यसमा केबल पेट्रोलियम पदार्थबाट चल्ने माइक्रो भ्यानको संख्या २६ यूनिट मात्रैछ ।
अहिले विद्युतीय माइक्रो भ्यानहरु सिजी मोटर्स, एमएडब्लू वृद्धि, पुजा कन्ट्रक्सन, दिगो लगायतका कम्पनीले ल्याइरहेका छन् । यसरी आयात भएका विद्युतीय भ्यानहरु काठमाडौंबाट छोटो दुरीमा चल्ने सार्वजनिक यातायातको रुपमा संचालन हुँदै आएका छन् ।
चांगनको केवाइसी, डिएफएसकेको डाँफे, राइनरे (एसआरएम), फोटोन लगायतका ब्राण्ड नेममा इलेक्ट्रीक भ्यानहरु आयात हुँदै आएका छन् । यी सबै कम्पनीले मिलाएर सन् २०२३ मा ९८४ यूनिट माइक्रो भ्यान आयात गरेका हुन् ।

