मित्सुबिसीले नयाँ इलेक्ट्रीक एसयुभी जेनेभा मोटर शोमा प्रदर्शन गर्दै

जापानी अटोमोबाइल कम्पनी मित्सुबिसीले ‘इन्जेलबर्ग टुरर’ कन्सेप्टमा आधारित फुल इलेक्ट्रीक एसयुभी जेनेभा मोटर शोमा शोकेस गर्ने भएको छ । 

कम्पनीको यस मोडलले इलेक्ट्रीक सवारीसाधन प्रति मानिसको थप आकर्षण बढाउनुका साथै नेक्स जनेरेशन आउटल्यान्डर एसयुभीको निर्माणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । 

कम्पनीले नयाँ इलेक्ट्रीक एसयुभीको प्राविधीक विशेषता भने मोटर शोमा नै सार्बजनिक गर्ने जनाएको छ । 

कम्पनीले २०१७ टोकियो अटो शोमा नयाँ मित्सुबिसी इन्जेलबर्ग कन्सेप्टबारे जानकारी दिएको थियो । यो अवधारणा अन्र्तगत कारमा ब्लान्क अफ रेडीएर ग्रिल, तीन इलेक्ट्रीक मोटर, फोर ह्वील ड्राइभ अप्सन, एक्टिभ कन्ट्रोल तथा टर्क भिक्टोरिङ सिस्टम उपलब्ध गराउने अनुमान गरिएको छ । 

पछिल्लो समय नेपाली बजारमा आउटल्यान्डर, पजेरो स्पोर्ट, इक्लिप्सलगायतका मोडल निकै चर्चामा रहँदै आएका छन् ।  


Back_to_top