आधुनिक कारमा दिमाग ‘खल्बलाउने’ गियर सिफ्टर

काठमाडौं । अहिले बजारमा विभिन्न ३० भन्दा बढी ब्राण्डले मोर्डन कारहरू बिक्री गर्दै आएका छन् । यसरी बिक्री हुँदै आएका कारमा दिइएको गियर सिफ्टहरू विचित्रकै लाग्छन् ।

अहिले ब्राण्ड र कार अनुसार गियर लिभर, रोटरी डायल, स्क्रिनमा टच, स्टेरिङ कोलुममा दिइने गियर नब निकै चल्तीमा छन् । अझ केही ब्राण्डले ड्यासबोर्ड वा सेन्टर कन्सोलमा दिएको साना बटमहरू पनि गियर सेलेक्टर हुन् । यसले आधुनिक कार चालकहरू धेरै नै दिगभ्रमित हुने अवस्था सृजना भएको छ ।

अमेरिकी उपभोक्तामा गरिएको सर्वेहरूमा त नयाँ गियर सेलेक्टरलाई भ्रमित बनाउने खेलौना भनिएको छ । जसले गाडी चलाइरहेको समयमा हुने गल्तीमा चालकलाई निरास, अलपत्र र चिन्तित बनाउँछ ।

युरोपमा पनि यस्ता गियर सेलेक्टरसँगै फिजिकल बटम हट्दा उपभोक्ताले धेरै गुनासो गरे । त्यसैले त फक्वागेन ग्रुपले आफ्नो नयाँ कारमा फिजिकल बटमहरू फिर्ता ल्यायो ।

विश्वभर भएको हजारौं चालकहरूले बदलिदो गियर नबबाट आफूहरू सन्तुष्ट बन्न नसकेको बताएका छन् । देख्दै सामान्य लाग्ने र कच्चा अनुभूति हुने गियर सेलेक्टरहरू भाँचिएको खण्डमा कसरी कार चलाउने भन्ने चिन्तासम्म चालकहरूमा देखियो ।

अहिले नेपालमा बिक्री हुँदै आएको टेस्ला मोडल थ्रीमा गियर सेलेक्टरको कुनै पनि बटम वा जोयस्टिक पनि छैन । सेन्टर स्क्रिनबाटै गियर सेलेक्ट गर्न सकिन्छ । हुन्डाई आयोनिक-५ मा स्टेरिङ कोलुममा जोयस्टिक दिइएको छ । यसले धेरै चालकलाई कन्फ्युज बनाउँछ । यस्तै गियर नब नेपालमा उपलब्ध धेरै कारमा छन् । यसको प्रयोग साइड लाइट बालेभन्दा गियर नब चलाउने खतरा निरन्तर रहन्छ । म आफैँ पनि धेरै पटक यस किसिमको समस्या भोगेको चालक हुँ ।

बीवाइडी, टाटा जस्ता ब्राण्डले आफ्ना ईभीमा रोटरी डायल गियर नब प्रयोग गरेका छन् । सिट्रोनले अलग किसिमको गियर नब दिएको छ । सेरेसका कारमा रेगुलर कारको जस्तै गियर नब पाउन सकिन्छ ।

कतिपय अवस्थामा चालकले पहिलो पटक आधुनिक कार चलाउन खोजेको छ भने उसले गियर नब नै नभेट्टाउने खतरा छ । आधुनिक कार क्लिन डिजाइन फिलोसोपीमा तयार हुन थालेका छन् । निरन्तर चलाउँदै जाँदा आफ्नो कारका बटमसँग मानिस फेमिलियर बन्दै जान्छ । जोखिम पनि घट्दै जान्छ । अहिलेलाई आधुनिक डिजाइनमा रमाउँदै अगाडि बढ्नुको विकल्प छैन ।


Back_to_top