बजारमा नआउँदै चर्चा पाएका दुई मोटरसाइकल, डिजाइन र पावरमा लडाइँ

काठमाडाैं । नेपालमा पछिल्लो समय निकै चर्चामा रहेको हिरो एक्सपल्स २०० फोर भी र ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स मोटरसाइकल हुन् । यी दुवै मोटरसाइकल पछिल्लो समय निकै चर्चा पाउने मोटरसाइकलको टप लिस्टमा पर्छन् ।

भारतीय बजारमा यी दुवै मोटरसाइकलको नयाँ भर्सन सार्वजिनक हुने तयारी भइरहेको छ । भारतमा हिरो मोटोकर्पले एक्सपल्स २१० को बुकिङ खुला गरिसकेको छ । ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स टी ४ मे २०२५ मा सार्वजनिक गर्ने जनाइएको छ ।

नेपालमा पनि यी दुवै मोटरसाइकल बहुप्रतिक्षित मोटरसाइकल हुन् । ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स टी-४ कम मूल्यमा आउने मोटरसाइकल हो । एक्सपल्स २१० भने नयाँ डिजाइनका साथ आउने छ ।

पावर क्षमाताका आधारमा धेरै अन्तर रहने यी दुई मोटरसाइकल मूल्यमा भने लगभग समान जस्तै हुने अनुमान गरिएको छ । अहिले नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्सको मूल्य ७ लाख रुपैयाँ छ । नयाँ आउने टी-४ मोडल ६ लाख २५ हजारदेखि ६ लाख ५० हजार हाराहारी मूल्य रहने अनुमान गर्न सकिन्छ ।

त्यस्तै एक्सपल्स २०० प्रोको मूल्य अहिले नेपाली बजारमा ५ लाख रुपैयाँ रहेको छ । २१० सीसी इन्जिन क्षमातामा आउने एक्सपल्स २१० को मूल्य ६ लाखभन्दा कम हुने अनुमान गर्न सकिन्छ ।

यी दुबै मोटरसाइकल अवको ६ महिना भित्रमा नेपाल आउन सक्छ । हिरो एक्सपल्स २१० सम्भवत ‘नाडा अटो शो २०२५’ मा नेपाल भित्रने अनुमान गर्न सकिन्छ । ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स टी-४ केही ढिला हुनसक्छ ।

ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स टी-४

स्क्रयाम्बलर ४०० एक्स टी-४ मा सिंगल पिस सिट, नयाँ ग्रयाबरेल, नयाँ रियर टेल लाइट र सिम्पल ह्यान्डलबार दिइएको छ । स्क्रयाम्बलर ४०० एक्समा भएको फ्यूल ट्याङ्कको रबर हटाइएको छ ।

स्क्रयाम्बलर ४०० मा दिइएको ह्यान्डलबारबाट ब्रेस प्याडसमेत हटाइएको छ । कम्पनीले नयाँ स्क्रयाम्बलरमा यूएसडी फर्कलाई निरन्तरता दिएको छ । त्यसको गोल्डेन कलर भने हटाएको छ । त्यस्तै, नयाँ स्क्रयाम्बलरमा नकल गार्ड समेत उपलब्ध नहुने भएको छ ।

कम्पनीले यसको इलेक्ट्रोनीक थ्रोटल सिस्टमलाई हटाएर म्यानुअल थ्रोटल दिएको छ । यसमा पुरानैलाई निरन्तरता दिइने छ । ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्समा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

एक्सपल्स २१०

एक्सपल्स २०० को तुलनामा फरक डिजाइनमा तयार भएको एक्सपल्स २१० को फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।

यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फर्क दिइएको छ भने, २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

यो मोटरसाइकलमा इन्ड्यूरो स्टाइल टेल सेङसन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाई टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, सानो विन्डस्क्रिन, एलईडी टर्न इन्डिकेटरहरू, सिंगलपिस सिट र ट्युबुलर ह्यान्डलबार जस्ता फिचरहरू छन् ।

यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिनले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।


Back_to_top