लोभलाग्दो महेन्द्रा ‘ब्ल्याक हक’ थार, यस्तो छ मूल्य

काठमाडौं । पछिल्लो समय कारलाई मोडिफाई गर्ने चलन बढ्दै गएपछि गाडी उत्पादक कम्पनीले नै कारमा मोडिफाई गर्दैआएका छन् । 

विभिन्न कम्पनीहरूको उत्पादनलाई स्टाइलिस देखाउन मोडिफाई गर्ने आकर्षक एक्सेटेरियर र इन्टेरियर बनाउन धेरै कुरामा कस्मेटिक संशोधन गर्नेजस्ता काम गरिरहेका हुन्छन् । 

हालै महिन्द्रा थारलाई भारतको पुर्णे स्थित एक शोरुमले मोडिफाई गरेको छ । यसरी मोडिफाई गरिएको थारलाई ‘ब्ल्याक हक’ नाम दिइएको छ । यसको कस्टुममा मेडग्रिल र बम्पर लगाइएको छ भने कालो र रातो रङ्गको मिश्रित कलरको प्रयोग गरिएको छ । 

प्रोजेक्टर हेडल्याम्प्ससँगै सर्कूलर एलईडी डीआरएलएस, रातो कलरको फ्रन्ट टु–हुक्स, एलईडी टर्न सिङ्गल, रुफ माउन्टेड एलईडी, एक्जूलरी लाइट्स, स्नोरेकल र एलईडी टेल ल्याम्प्सजस्ता फिचर थप गरिएको छ । यी सबै परिवर्तन गर्न चार लाख ९९ हजार भारतीय रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । 

२१ दिन लगाएर यसरी मोडिफाई गरिएको थार नौ लाख २५ हजारमा बिक्री–वितरण भैरहेको छ । थारमा एनईएफ टीसीएल–सीआरडीई–२४९८ सीसी डिजेल इञ्जिन दिइएको छ भने, एमटुडीआईसीआर २५२३ सीसी डिजेल इञ्जिन दिइएको छ । 

यसमा लगाइएको इञ्जिनले १०५ बीएचपी पावरकासाथै २४७ एनएम टर्क उत्पादन गर्छ । पाँच स्पीड म्यानूअल ट्रान्समिसन दिइएको छ । 


Back_to_top