कुनाल मोडिफाई कम्पनीले यामाहाको आर–१५, भी २ मा व्यापक परिर्वतनगरि थप फिचरहरु अपग्रेड गरेको छ । कम्पनीले यस बाइकमा टचस्क्रिन डिस्प्ले तथा सिटमा ठूलो परिर्वतन गरेको छ, भने ७ इन्चको टचस्क्रिन डिस्प्ले तथा क्रुज कन्ट्रोल सिस्टमसमेत दिएको छ ।
कुनाल मोडिफाइ कम्पनीले यसमा अत्याधुनिक फिरचहरु अपग्रेड गरेको हो । जसबाट यस बाइक यात्राका लागि सहज तथा आरामदायी हुने विश्वास लिएको छ ।
यामाहाको वाइजेडएफ–आर–१५ भी–२.० बेसमा निर्माण भएको यो मोटरसाइकलमा आफ्टर मार्केट एलइडी प्रोजेक्टर हेडल्याम्प दिइएको छ । स्पोर्टी लुक दिइएको यस बाइकमा कार्वन फाइबरको प्रयोग गरिएको छ । साथै, बाइकमा एलइडी ब्लिङ्कर, एलइडी टर्न इन्डिकेटर, रियर–भ्यू मिररलगायतका फिचर थप गरिएको छ ।
यस बाइकमा मोटोराइर्ज्ड रियर–भ्यू मिरर दिइएको छ, जसले ओपन र क्लोज अटोमेटिकरुपमा गर्न सक्छ । यस बाइकमा दिइएको ठुलो स्क्रिनले मोटरसाइकलको सबै काम तथा नेभिगेसन, इन्कमिङ म्यासेज नोटिफिकेशन लगायतका सूचना देखाउने छ ।
बाइकमा दिइएको डिस्प्लेको टप राइट साइडमा फिंगर प्रिन्ट स्क्यानर दिइएको छ । जसको प्रयोग गरि मोटरसाइकल स्टार्ट गर्न सकिन्छ । मोटरसाइकल स्टार्ट गर्ने विकल्पहरुमध्ये यो आधुनिक विकल्प हो । यससँगै अन्य दुई विकल्पहरु, की फोब र स्मार्टफोनबाट पनि मोटरसाइकल स्टार्ट गर्न सकिन्छ ।
वाइजेडएफ–आर–१५ मा उपलब्ध सबै फिचरहरु स्मार्टफोनमा हेर्न सकिनेछ । यदि कुनै बाइक चालकले आफ्नो बाइक पार्किङ गरेको स्थान बिर्सन्छ भने, जीपीएस ट्र्याकरको माध्यमबाट उसले आफ्नो बाइक सहजै फेला पार्न सक्छ । यस बाइकमा एन्टी–थेफ्ट सिस्टम तथा ठुलो आर्लम पनि दिइएको छ ।
यस बाइकमा क्रुज कन्ट्रोल सिस्टम पनि इन्स्टल गरिएको छ । जसले हाईवेमा यात्राको क्रममा कन्फर्ट गराउँछ । यसका साथै यस बाइकमा टायर प्रेसर मोनीटरिङ सिस्टम पनि उपलब्ध रहेको छ ।

