३५० सीसीको बाइक एक लाख रुपैयाँमा, यसरी सहभागी हुनुस् लिलाम बिक्रीमा (सूचीसहित)

काठमाडौं । कृष्णनगर भन्सार कार्यालय भैरहवाले चोरी पैठारी अभियोगमा समातेका मोटरसाइकल लिलामीमा बिक्री गर्ने भएको छ । यसरी लिलाम गर्न लागेका मोटरसाइकल सन् २०१० देखि २०१७ सम्मका हुन् । 

यसरी समातिएका विभिन्न ३१ वटा मोटरसाइकल भन्सारले लिलामी गर्न लागेको हो । लिलामीमा राखिएका बाइकमा सबैभन्दा धेरै बजाज पल्सर १३ वटा रहेका छन् भने केटीएम ड्यूक २ वटा र २ वटा २५० सीसीको क्लासिक बाइक रहेको छ । 

होन्डाका ६ वटा र टीभीएसका ३ वटा बाइक पनि लिलामीमा राखिएको छ । साथै, कार्यालयले पत्रमा बिक्री गर्न २ थान जीप र ३१ थान मोटरसाइकल पनि राखेको छ । 

लिलाम बिक्री गोप्य सिलबन्दी बोलपत्रको आधारमा गर्न लागिएको कार्यालयले जनाएको छ । जसमा आफुले खरिद गर्न चाहेको बाइक र कबुल गर्न चाहेको मूल्यको १० प्रतिशत रकम पहिला नै जम्मा गर्नुपर्ने छ । 


Back_to_top