विश्वकै अग्लो स्थानमा रहेको मोटरसाइकल म्यूजियम जलेर नष्ट

अष्ट्रियन भिन्टेज मोटरसाइकल म्यूजियमा आगलागी भएर नष्ट भएको छ । अष्ट्रियामा रहेको माउनेन्ट क्रस पोइन्ट मोटरसाइकल म्यूजियममा रहेको २०० भन्दा बढि मोटरसाइकल जलेर नष्ट भएका हुन् ।

उक्त घटनाले विश्वव्यापी मोटरसाइकल प्रेमीलाई ठुलो चोट पुगको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यो म्युजियम विश्वको उच्तमत मोटरसाइकल संग्रहालयको रुपमा परिचित रहेको छ भने यो टिम्ल्जोक पासमा अवस्थित रहेको छ । टिम्ल्जोक पासले अष्ट्रिया र इटालीलाई जोड्छ । यो विश्वकै उच्च स्थानमा अवस्थित मोटरसाइकल म्यूजियम समेत हो ।

उक्त म्यूजिमयमा रहेको २३० भन्दा धेरै मोटरसाइकल जलेर नष्ट भएको समाचारमा जनाइएको छ । उक्त शोरुममा लेजेन्डरी ब्रान्ड हार्ले, इन्डियन, ब्रग जस्ता ब्रान्डका मोटरसाइकल रहेको थियो । उक्त म्यूजियममा केही भिन्टेज कारको सानो कलेक्सन समेत रहेको बताइन्छ । म्यूजियममा फरारी पोर्स जस्ता ब्रान्डका केही कार रहेका छन् ।

स्थानिय समय अनुसार मंगलबार बिहान ४ बजेर ४० मिनेटमा आगो लागेको थियो भने, स्थानियले यसको जानकारी अग्नी नियन्त्रकलाई तत्कालै गरेका थिए । तर, अग्नी नियन्त्रक आइपुग्दासम्म म्यूजियम पूर्ण रुपमा जलिसकेको थियो ।

जुम्ल्याहा अल्वान र एटिला स्किबरले २०१६ मा उनिहरुको क्लासिक मोटरसाइकल विश्वसामु प्रस्तुत गर्नका लागि स्थापना गरेको उक्त शोरुममा बर्ग सुपिरियर, फ्लाइ मर्केल, इन्डियन मोटरसाइकल, जुन्डप र हार्ले जस्ता १०० भन्दा धेरै उत्पादक कम्पनीका मोटरसाइकल राखिएको थियो ।


Back_to_top