नेपालमा आक्रमक बजार विस्तारको रणनीति बुन्दै फोटोन, यस्ता छन् तयारी

काठमाडौं । फोटोनको लागि नेपालको आधिकारीक एमएडब्ल्यू वृद्धिले नेपालमा आक्रमक रणनीति साथ आफ्ना उत्पादन विक्री सुरु गरेको छ । सन् १९९६ मा स्थापना भएको फोटोन कम्पनी चीनको प्रसिद्ध गु्रप बीएआईसी अन्तर्गत स्थापना भएको हो । फोटोनले अहिले लाइट तथा हेवी ट्रक, ट्रयाक्टरको साथै एसयूभी तथा भ्यानहरु उत्पादन गर्दै आएको छ । फोटनले सन् २००६ मा कमिन्ज् इन्जिनसँगको सहकार्यमा २.८ तथा ३.८ लिटरको डिजल इन्जिन बनाउदै आएको छ ।

सन् २०१२ बाट फोटोनले जर्मनको ड्यामलर एजीसँगको संयूक्त लगानीमा ६.३५ विलियन आरएमबीको लगानीमा नयाँ साझेदारी सुरु गरेको थियो । फोटोनले सन् २०१० मा यूरोपियन हेडक्वाटरको रुपमा रसियाको मस्कोमा कार्यालय स्थापना गरेको हो । त्यस्तै सन् २०११ मा भारतमा सेल्स कम्पनी स्थापना गरेसँगै फोटोनले साउथ एशियामा आफ्नो व्यापार विस्तार गर्न थालेको हो । फोटन विगत १३ वर्षदेखि चाइनाको नम्बर १ कमर्सियल भेहिकल उतपादक कम्पनी हो । हाल फोटोनका १५ वटा विभिन्न देशमा रहेको फ्याट्रीबाट ७९ देशहरुमा बिक्री वितरण भइरहेको छ । विश्वभर फोटोनका २ हजार भेरियन्टका १ करोडभन्दा बढि कमर्सियल भेहिकलहरु विक्री भइसकेका छन् ।

नेपालमा पनि एमएडब्लु गु्रप र वृद्धि ग्रुप बीचको जोयन्ट भेन्चरमा फोटनका गाडीहरु विक्री वितरण भइरहेका छन् । हाल नेपाली बजारमा फोटनको टुनल्याण्ड पिकअप र लग्जरी माइक्रो भ्यानको राम्रो उपस्थिति भइसकेको छ । कम्पनीका अनुसार नेपाली बाटाहरुमा अहिले २ सयभन्दा बढि फोटोनको गाडीहरु गुडिरहेका छन् ।

सन् २०१४ मा स्थापना भएको एमएडब्लु वृद्धिले म्यानको ट्रक तथा फोटोनको कमर्सियल मोटरहरु विक्री गर्दै आएको छ । कम्पनीका प्रमोटरहरुका अनुसार उनीहरु सधै ग्राहकल लक्षीत सर्भिसमा केन्द्रित रहेका छन् । कम्पनीले ग्राहकहरुको सहयोगको लागि ५ जनाको एक कलसेन्टर टिमको समेत स्थापना गरेको छ । ग्राहकहरुले ढुक्कसँग व्यावसाय गर्नका लागि फोटोनका गाडीहरुमा ५ वर्षसम्मको वारेन्टीको व्यवस्था गरिएको छ ।

कम्पनीले माइक्रो भ्यान सेग्मेन्टमा नेपाली बजाको ८० प्रतिशत बजार हिस्सा ओगटी सकेको दाबी गरेको छ भने, पिकअप सेग्मेन्टमा पनि राम्रो बजार उपस्थिति भएको दाबी गरेको छ । ग्राहकहरुको कर्जाको आवश्यकता पुरा गर्नको लागि कम्पनीले आफ्ना कमर्सियल गाडीहरुमा ८० प्रतिशतसम्म फाइनान्स सुविधाको समेत व्यवस्था गरेको छ ।

कम्पनीले फोटोनका गाडीहरुको स्पेर पार्टसको राम्रो स्टक मेन्टेन गरेको जनाएको छ । नेपालका मुख्य सहरहरु काठमाडौं, धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, नारायनगढ, नवलपुर, ढल्केवर, मिर्चैया, विराटनर तथा झापामा सर्भिस सेन्टर स्थापना गरेको छ । फोटोनले तालिम दिएको दक्ष टेक्नीसीयन तथा पर्याप्त पार्टसको उपलब्धता रहेको जनाएको छ । कम्पनीले देशको ३ मुख्य सहरहरु इटहरी, बुटवल र नेपालगंजमा पार्टसको शोरुम समेतको स्थापना गर्ने तयारी गरेको जनाएको छ ।

एमएडब्ल्यू वृद्धिले आगामि दिनमा ग्राहकहरुको अझ नजिक पहुच पूर्याउन देशका नगरउन्मुख साना सहरहरुमा पनि आफ्नो नेटवर्क विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले ग्राहकहरुको विस्वास जित्नका लागि तथा वर्डक्लास एक्पीरीयन्स दिनका लागि विक्रीपछिको सेवामा थप लगानी बढाउने रणनीति लिएको छ । कम्पनीले सन् २०२१ मा ६ सय युनिट गाडि बेच्ने लक्ष्य लिएको जानकारी दिएको छ ।

सन् २०१९ मा भ्यू सीएसटु (१६ सिटको मिनीभ्यान) र टुनल्याण्ड एस पिकअप लन्च गरेको कम्पनीले सन् २०२० मा टुनल्याण्ड इ पिकअप, एम्बुलेन्स, स्कुलबस तथा भ्यू सिइसटुएल (१९ सिटको भ्यान) बजारमा उतारिसकेको छ । कम्पनीले नेपाली बजारमा सन् २०२२ सम्ममा इभी बस, टिप्परका साथै १० प्रकारका विभिन्न क्षमताका कमर्सियल भेहिकलहरु ल्याउने योजना बनाएको छ । यसै वर्षको अप्रिलबाट कम्पनीले काठमाडौंमा वर्डक्लासको सर्भिस सन्टरसमेत सुरुवात गर्ने जनाएको छ ।


Back_to_top