अचानक मोटरसाइकलको सैल्फ र किक दुबैले काम नगरे के गर्ने ?

काठमाडौं । मोटरसाइकल चलाउँदा कहिलेकाही यस्तो अवस्था आउन सक्छ, किक र सेल्फ दुबैले काम नगर्ने । कहिले काहिँ त बीच बाटोमा यस्तो समस्याले हैरान बनाउने गर्छ । यस्तो अबस्थामा कसरी पुनः मोटरसाइकललाई स्टार्ट गर्ने भन्ने समस्या धेरैलाई पर्ने गरेको छ ।

किक वा सेल्फ जाम भएको समयमा धकेलेरसमेत मोटरसाइकल स्टार्ट गर्न पनि सजिलो हुँदैन ।

त्यसमाथि आजकल आउने मोटरसाइकलहरुमा किक स्टार्ट गर्ने अप्सन पनि पाउन सकिदैन । त्यस्तो अबस्तमा ब्याट्रीले काम गरेन भने समस्यामा पर्न सकिन्छ ।

यस्तो अवस्थामा, तपाईले केही नयाँ तरिका थाहापाउनु भयो भने मोटरसाइकल स्टार्ट गर्न मद्दत पुग्ने छ ।

मोटरसाइकललाई धक्का दिएर पनि स्टार्ट गर्न सकिन्छ, तर यसको लागि दुई जना मान्छे हुनु आवश्यक छ । किनभने, एक जनाले मोटरसाइकल नियन्त्रण गरेर सही समयमा गियर परिवर्तन गर्नु पर्छ र अर्कोले मोटरसाइकललाई धकेल्नु पर्छ ।

यो काम मोटरसाइकलको क्लच थिचेर एक्लै पनि गर्न सकिन्छ, तर यो जोखिमपूर्ण हुन सक्छ । जोखिम कम गर्न बिना धक्का पनि मोटरसाइकल सजिलै स्टार्ट गर्ने उपाय लगाउनु पर्छ ।

त्यसको लागि सबैभन्दा पहिला मोटरसाइकललाई डबल स्टाण्ड लगाएर राख्नुस् । त्यसपछि साँचो लगाएर इन्जिन अन गर्नुस् । इन्जिन अन गरेपछि मोटरसाइकललाई सबैभन्दा माथिल्लो गियरमा राख्नुस् । पछाडिको चक्कालाई केही माथितिर घुमाउनुस् । यदि ह्वील माथितिर घुमेन भने उसलाई अगाडि पछाडि गर्नुस् ।

यो काम सजिलै हुन्छ । जब ह्वील फ्रि हुन्छ त्यसपछि त्यसलाई घुमाउनुस् । यसरी घुमाउदा तुरुन्तै स्टार्ट नहुनपनि सक्छ तर, यो तरिकारले केहि समयमा इन्जिन स्टार्ट हुन्छ । त्यसपछि मोटरसाइकलमा बसेर एक्सिलेटरको सहायताले कन्ट्रोल गर्नुस् ।

यसले तपाईलाई बीच बाटोमा पर्न सक्ने समस्यासँग सहजै पार लगाउन सक्छ ।


Back_to_top