काठमाडौं । यातायात व्यवस्था विभागले अनिवार्य गरेको दुई पाङ्ग्रे सवारीसाधनको तेस्रो पक्ष बीमा किन र केको लागि गरिन्छ भन्ने आम सवारी चालकलाई थाहा नभएको हुन सक्छ । यसबारे सगरमाथा इन्स्योरेन्सले आम जनमानसलाई आवश्यक पर्ने सूचना दिन विशेष कार्यक्रम संचालन गरिरहेको छ ।
दुई पाङ्ग्रे सवारीको तेस्रो पक्ष बीमाले आफ्नो सवारी वाहेक अन्य सवारी साधनसँग ठोकिएर अरुको सवारीसाधन र सम्पतीको क्षती भएमा २५ लाख सम्मको क्षती कभरेज गर्र्छ । त्यस्तै दुर्घटनामा मानवीय क्षति नै भको खण्डमा पनि २५ लाखसम्मको क्षतिपूर्ति बीमाले गर्छ । त्यसैले त सरकारले पनि तेस्रो पक्ष बीमा अनिवार्य गरेको हो ।
तेस्रो पक्षा बीमा पोलीसीले बीमीत मोटरसाइकल वा स्कुटरमा सवार चालक र पछाडि बस्ने यात्रु दुर्घटनामा पर्न सक्ने सम्भावना त्यति हुन्छ । त्यसबाट उत्पन्न हुने जोखिम न्यूनिकरण गर्न जनही ५ लाखका दरले दुर्घटना जोखिम वहन गर्ने ब्यवस्था गरिएको हुन्छ । दुर्घटनामा औषधोपचारका लागि अधिकतम ३ लाख र मानिसको मृत्यु नै भएमा हकवालालाई अधिकतम ५ लाखसम्मको क्षतिपूर्ति प्रदान गर्नेछ ।
मोटरसाइकलको इन्जिन क्षमताको आधारमा बीमा शुल्क तिरेर बीमा लेख गरिद गर्नु पर्छ । जसमा १५० सीसीसम्मको सवारीका लागि १ हजार ५२० रुपैयाँ तिर्नु पर्छ । त्यस्तै १५१ देखि २५० सीसीसम्मका साधनको लागि १ हजार ७२० र २५१ सीसी माथिका सवारीसाधनका लागि १ हजार ९२० रुपैयाँ सरकारी करबाहेक शुल्क तिर्नु पर्छ ।
वार्षिक रुपमा नविकरण गरेका सबै दुई पाङ्ग्रे सावरीसाधनमा तेस्रो पक्ष बीमा अनिवार्य गरिएको हुँदा यदि दुर्घटना भईनै हालेमा पनि आत्तीने वा भाग्ने गर्नु हुर्दैन । तेस्रो पक्ष बीमामा २५ लाखसम्मको क्षतिपूर्ती बीमा कम्पनीले बहन गर्ने भएकाले प्रहरीमा रिपोर्ट गरी उपचार तथा क्षति भएको अन्य सवारीसाधन बनाउन तीर लाग्नु पर्छ ।

