टीभीएसको ‘कायापलट’ योजनाः एनटर्क किन्दा एनटर्क नै उपहार, सोधपुछ गरेर ८ जनाले जिते स्मार्टफोन

काठमाडौँ । जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको आठौं दिन धापासी निवासी भुजेन्द्र सरु मगरले एनटर्क १२५ आरटी एफआई जितेको छन् । मगरले एनटर्क १२५ आरटीएफआई खरिद गर्दा १०० प्रतिशत क्यास ब्याक जितेका हुन ।

मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालीबाट एनटर्क १२५ आरटी एफआइ खरिद गरेको थिए ।

त्यस्तै स्याङ्गजा, मनकामनाका ईम वहादुर गुरुङ्गले बुटवलको बालाजी अटोमोबाईल्सबाट एनटर्क १२५ एफआइ स्कुटरमा १ लाख रुपैयाँ क्यास ब्याक जितेको छन् ।

त्यसैगरि याे योजनामा सहभागी भएर मोटरसाइकल तथा स्कुटरको बारेमा सोधपुछ गर्ने ८ जना ग्राहकहरुले स्मार्ट फोन जित्न सफल भएका छन् ।

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । ‘कायापलट’ योजना अन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी को स्मार्टफोन प्रदान गरिने कम्पनीले जनाएको छ । साथै हरेक हप्ता एक जना ग्राहकले १०० प्रतिशत क्यास ब्याक तथा एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा मासिक ४ हजार २०० रूपैयाँ ईएमआइमा बाइक तथा स्कुटर खरिद गर्न सकिने छ ।

नेपालभर रहेको टीभीएसको शोरुममा यो योजना उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


Back_to_top