काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय इन्ड्यूरो माउन्टेन बाइक राइड प्रतियोगिता हुने भएको छ । यहि मंसिर ७ देखि ९ गतेसम्म हुने इन्ड्यूरो अन्तर्राष्ट्रिय प्रतियोगितामा ८८ जनाले सहभागिता जनाउन लागेका हुन् ।
माउन्टेन बाइक कम्पनी ‘डन टिल डस्क’ले आयोजना गरेको यो प्रतियोगीता पर्यटकिय नगरी पोखरामा हुन लागेको हो । पोखरा महानगरपालिकाको वडा नं. १३ मा रहेको आर्बा ‘बिजय डाँडा’मा तीन दिनसम्म प्रतियोगीता संचालन हुनेछ ।
उक्त प्रतियोगितामा पहिलो र दास्रो दिन अभ्यास खेल हुनेछन् । तेस्रो दिन भने फाइनल प्रतिस्पर्धा गरिने आयोजकको भनाइ छ । प्रतियोगीता समुन्द्री सतहबाट १४०० मिटर उचाईमा हुन लागेको हो ।
यस प्रतियोगितामा नेपाल सहित विभिन्न ११ देशका ८८ जना प्रतिस्पर्धी चालकहरु समावेश हुने प्रतियोगिताका निर्देशक सुनिलचन्द्र शर्माले बताए ।
यस प्रतियागितामा इलिट पुरुषतर्फ जुनियर(१२–१८वर्ष), मास्टर्स क (३०–३६ वर्ष), मास्टर्स ख (४०–४६), भेट्रान (५० वर्ष माथि) र महिला ओपन तथा इ–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुने शर्माले जानकारी दिए ।
सन् २०२० देखि तयारी गर्दै आइरहेको उक्त संरचना बनाउन करिब ५० लाख रुपैयाँ लगानी भइसकेको र अझै २० लाख लगानी थप्नु पर्ने ‘डन टिल डस्क’को भनाइ छ ।