सधै तनाव दिने मुग्लिन-नारायणगढ सडक यसरी भयो तयार

काठमाडौं । सन् २०१५ को अप्रिलबाट सुरु भएको मुग्लिन –नारायणगढ सडकखण्डको स्तरोन्नतिको काम लगभग पुराभएको छ ।

अब कुनैपनि समय सवारीसाधन नरोकी कामगर्नसक्ने अबस्था आएको आयोजनाले जानकारी दिएको छ । करिब ३८ महिना चलेको निर्माणकार्यपछि यो सडक खण्डको निर्माण अन्तिम चरणमा पुगेको हो । 

‘असार मसान्तसम्ममा हामीले सबै काम पुराहुने अनुमान गरेका छौं’ आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले मेरोअटोसँग भने । 

दैनिक औसतमा  ७ हजार ३ सय गाडी ओहोर–दोहोर गर्ने मुग्लिन–नारायणगढ सडकखण्ड विश्व बैंकको २ अर्ब ९० करोड रुपैयाँ ऋण सहयोगमा विस्तार गरिएको हो । 

देशकै सबैभन्दा महत्वपूर्ण लाइफलाइनको रुपमा रहेको पृथ्बीराजमार्गको चितवन–नारायणगढ–मुग्लिन सडकखण्ड निकै महत्वपूर्ण सडक खण्ड हो । 

काठमाडौंलाई उपत्यका बाहिरसँग जोड्ने प्रमुख सडकखण्ड बिस्तारमा ढिलाहुँदा मानिसले सडक बन्दैछ भन्ने कुरा विस्वास गर्न छाड्ने अबस्था आईसकेको थियो । तथापि आयोजनाले करिब ३८ महिनामा यो सडकखण्ड निर्माण पुराहुने अबस्था ल्याउँदा आम जनमानसमा राहत प्रदान भएको छ ।

समय सिमा सकिएपछि चौथो पटक ध्याद थप भएको योजनाले ५ औं पटक म्याद थपको तयारी पनिसँगसँगै अगाडि बढाएको छ । चौथो चरणको म्याद मे ३० सम्म रहेको थियो । समय सकिएको एकहप्ता पछि आजबाट सवारीसाधन रोक्नुनपर्ने अबस्था आएको हो ।

तीन खण्डमा काम

यस सडकको पहिलो खण्ड आँपटारीदेखि दासढुंगासम्मको १०.४५ किलोमिटरको ठेक्का बीएलए श्रेष्ठ जेभिले पाएको थियो । उसले अहिलेसम्म ९१ प्रतिशत काम सम्पन्न भएको योजनाका इन्जिनियर शिब खनालले जानकारी दिए । 

दोस्रो खण्ड दासढुंगादेखि सिमलतालसम्मको १०.६९ किलोमिटर सडक उड्हिल लामा जेभीले निर्माण गरेको हो । यस क्षेत्रको तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको १२.१५ किलोमिटर निर्माणको जिम्मा सुप्रिम रौताहा जेभीले पाएको थियो । तर, यहाँ ८५ प्रतिशत भन्दा बढि काम हुन सकेको छैन । यसरी हेर्दा समग्रमा करिब ९५ प्रतिशतकाम सम्पन्न भएका छन् । १०० प्रतिशत काम सम्पन्न भएको एक बर्षको रेखदेख पछि मात्रै मानिने छ । 

१८ पुल निर्माण 

मुग्लिन–नारायणगढ सडक खण्डमा जम्मा १८ पुल निर्माण गर्नुपर्ने छ । जसमध्ये ४ वटा पुलको निर्माण कार्य चलिरहेको छ। दासढुङ्गा, खानीखोला, मौरी र जलविरेको पुल निर्माण भइरहेको छ भने, अन्य पुल निर्माणको प्रक्रिया चलिरहेको बताइएको छ ।


Back_to_top